नेपाल पत्रकार महासंघ बाराले वीरेन्द्र साह र विनोद प्याकुरेल पत्रकारिता पुरस्कार संचालन गर्ने निर्णय गरेको छ ।

महासंघ बारा शाखामा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रमपछि कार्यसमितिको शनिबार कलैयामा सम्पन्न पहिलो बैठकले बाराका पत्रकारहरुको स्मृतिमा पुरस्कार संचालन गर्ने निर्णय गरेको महासंघका सहसचिव इन्दीप कोइरालाले बताए ।

महासंघका संस्थापक अध्यक्ष प्याकुरेलको सडक दुर्घटनामा र साहको सशस्त्र द्वन्दको क्रममा माओवादी कार्यकर्ताद्वारा हत्या गरिएको थियो ।

यस्तै सहसचिव कोइरालाले बारा क्षेत्र नम्बर ४ का सांसद एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले घोषण गरेको उनका स्वर्गीय बुवा केवलबहादुर श्रेष्ठको स्मृतिमा नेपाल पत्रकार महासंघ बारा शाखालाई दिने भनिएको एक लाख रुपैयाँको अक्षयकोषलाई स्वीकार गर्ने तथा उक्त अक्षयकोषबाट प्रत्येक वर्ष एक जना संचारकर्मीलाई पत्रकारिता पुरस्कार प्रदान गरिने निर्णय समेत गरेको बताए ।

यस्तै कार्यसमितिको बैठकले जनकपुर स्थित मधेश प्रदेश सरकारको आमसंचार प्राधिकरणकाले जारी गरेको संचारकर्मीका लागी १ लाखको स्वास्थ्य विमा तथा ७ लाखसम्मको दुर्घटना बिमा गर्न ईछुक बाराली पत्रकारहरुलाई यहि पुस १२ गतेभित्र आवश्यक कागजहरु लिएर महासंघ बारा शाखाको कार्यालयमा निवेदन दर्ता गराउन तथा निवेदन दर्ताका निम्ती आवश्यक सहजिकारण गर्न महासंघसग सम्पर्क गर्न संचारकर्मीलाई अनुरोध समेत गरेको छ ।

यसैबीच प्रमुख निर्वाचन अधिकृत निवेश तिमल्सिनाले बारा शाखामा नवनिर्वाचित अध्यक्ष रमेश सुवेदीलाई पद तथा गोपनीयताको सपथ गराएका छन ।

त्यसपछि अध्यक्ष सुवेदीले कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरुलाई पनि सपथ गराका थिए ।

निर्वाचन समितिले गत मंसिर २८ गते भएको मतदानबाट निर्वाचित कार्यसमितिका पदाधिकारी, केन्द्रीय परिषद र प्रदेश परिषद सदस्यहरुलाई शनिबारनै पदको प्रमाणपत्र पनि वितरण गरेको छ ।

पदभार ग्रहण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु सिकेन्द्र पासवान, राजु विश्वकर्मा, महासंघ बाराका पूर्वअध्यक्ष एवंम प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमलकुमार उपाध्याय, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गणेशराज रिजाल, मेची महाकाली मिडीया सोसाइटी बाराका अध्यक्ष भोजराज भट्टराई, प्रेस सेण्टरका रमेश साह लगायतले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रमको संचालन निर्वाचन अधिकृत रुद्ध धितालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय