बाराको सिम्रौनगढ नगरपालिकाले गढीमाई मेला भर्न आउने श्रद्धालुहरुको लागि स्वास्थ्य उपचारसहित हिजोबाट निःशुल्क भोजन र आवास शिबिर सञ्चालन गरेको छ ।

नगरपालिकाले मेलामा आउने भक्तजनहरुको लागि निःशुल्क आयुर्बेदिक औषधि वितरणसहित खाना र बस्नको लागि शिबिर सञ्चालनमा ल्याएको हो । मेला परिसरमा सञ्चालन गरिएको सो शिबिरको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले रिबन काटेर उद्धाटन गरेका थिए ।

उद्धाटन कार्यक्रममा बोल्दै सांसद मैनालीले मेलामा आउने सर्वसाधारणलाई सेवा प्रदान गर्ने उद्देश्यले शिबिर सञ्चालन गरेर नगरपालिकाले अनुकरणीय कार्य गरेको बताए । उनले बहुमूल्य गहना चोरी हुने गरेकोले लगाएर नआउन पनि सर्वसाधारणसंग आग्रह गरे ।

त्यसैगरी सांसद मैनालीले शिबिरको बारेमा सबैलाई जानकारी दिने गरी प्रचारप्रशार गर्न पनि आग्रह गरेका थिए ।

सिम्रौनगढ नगरपालिकाका मेयर किशोरीप्रसाद कलवारको अध्यक्षतामा भएको उद्धाटन कार्यक्रममा मधेस प्रदेश सभा सदस्य राजपतिदेबी जैसवाल, उपप्रमुख नजमु सायर, नेकपा एमाले सिम्रौनगढ नगर कमिटी अध्यक्ष महेन्द्र जैसवाल, एमाले प्रदेश कमिटी सदस्य सुनिल पाल, नेकपा माओवादीका भोजेन्द्र यादव, नेकपा एसका केन्द्रीय सदस्य बतहु यादव, जनमत पार्टीका विवेश सिंहलगायत नगरपालिकाका वडा अध्यक्ष र कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय