नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेशका सम्योजक अर्जुन प्रसाद अचार्यले मधेशमा खुल्ला सिमानाका कारण भारतबाट आउने स्टेसनरी सामानका कारण मधेसका स्टेसनरी व्यवसायी मारमा परेको बताए ।

महासंघले महोत्तरी जिल्लाको बदिबासमा आयोजना गरेको जागरण कार्यक्रममा बोल्दै सम्योजक अचायले भारतबाट भन्सार छलि गरी अबैध रुपमा स्टेसनरी सामाग्री नेपाल भित्रिएका कारण मधेसलगाएत देशभरका स्टेसनरी व्यवसायीहरु मारमा परेको बताएका हुन ।

बुधबार सलार्ही, महोत्तरी र धनुषाका व्यवसायी माझ जागरण अभियान कार्यक्रम सम्पन्न गरेको हो । पुस्तक व्यवसायी महासंघका केन्द्रिय सल्लाहाकार सभापति नवनिधि पन्थको प्रमुख अतिथि रहेको कार्यक्रममा मधेश प्रदेशका अध्यक्ष तथा सह–सम्योजक सागर तामाङ, केन्दिय लेखा समिति सम्योजक कृण्ण राम कार्की लगाएतको नेपाल पुस्तक तथा स्टेसरी व्यवसायी महासंघको अबको योजना र भावि रणनीतिका बारेमा व्यवसायीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा सलार्ही, महोत्तरी र धनुषाबाट आएका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले व्यवसाय सञ्चालनका क्रममा उनीहरुले भोग्नुपरेको पीडा र समाधानका उपायका बारेमा सुझाव दिएका थिए ।

गत मङ्सिर १ गतेदेखि देशभर एकसाथ सुरु भएको उक्त अभियान मङ्सिर ८ गतेसम्म सञ्चालन हुने बताईएको छ । महासंघको केन्द्रीय निर्णयअनुसारनै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको जागरण अभियान सुरु गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय