नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले सुरु गरेको जागरण टोलीले बारामा जागरण कार्यक्रम गरेको छ । मंगलबार बाराको कलैयामा बारा, पर्सा र रौतहटका व्यवसायी माझ जागरण अभियान कार्यक्रम सम्पन्न गरेको हो ।
पुस्तक व्यवसायी महासंघका केन्द्रिय सल्लाहाकार सभापति नवनिधि पन्थको अध्यक्षतामा मंगलबार कलैया उघोग बाणिज्य सघको सभाहलमा भएको सम्पन्न कार्यक्रममा मधेश प्रदेशका सम्योजक अर्जुन प्रसाद अचार्य, मधेश प्रदेशका अध्यक्ष तथा सह–सम्योजक सागर तामाङ, केन्दिय लेखा समिति सम्योजक कृण्ण राम कार्की लगाएतको नेपाल पुस्तक तथा स्टेसरी व्यवसायी महासंघको अबको योजना र भावि रणनीतिका बारेमा व्यवसायीलाई जानकारी गराएका थिए ।
यो अभियानले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासंघ आबद्ध रहेका र नरहेका व्यवसायीहरूलाई गोलबद्ध गरी महासघको उद्देश्य, नीति लक्ष्य र भावी कार्ययोजनामा समावेश गराउने मुख्य उद्देश्य रहेको मधेश प्रदेशका अध्यक्ष तथा सह–सम्योजक सागर तामाङले बताए ।
यस्तै देशभर रहेका व्यवसायीको साझा समस्या र चुनौती पहिचान गरी त्यसलाई निराकरण गर्न महासंघले जागरण अभियान सुरु गरेको पुस्तक व्यवसायी महासंघका केन्द्रिय सल्लाहाकार सभापति नवनिधि पन्थले जानकारी दिए । उनले भने, ‘ व्यवसायीको हकहित सुनिश्चित गर्न, एकता कायम गर्न र व्यवसायीलाई परेको समस्या समाधानको पहल गर्न तथा यो अभियानबाट महासंघले अब चाल्ने अबको रणनीति कस्तो हुनुपर्छ त्यसको खाका ग्रासरुटका व्यवसायीबाट संकलन गरि त्यो दस्तावेजलाई महासंघको बैठक लगायतका फोरममा प्रस्तुत गरि कार्यान्वय गरिने छ ।’
कार्यक्रममा बारा, पर्सा र रौतहटबाट आएका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले व्यवसाय सञ्चालनका क्रममा उनीहरुले भोग्नुपरेको पीडा र समाधानका उपायका बारेमा सुझाव दिएका थिए ।
गत मङ्सिर १ गतेदेखि देशभर एकसाथ सुरु भएको उक्त अभियान मङ्सिर ८ गतेसम्म सञ्चालन हुने बताईएको छ । महासंघको केन्द्रीय निर्णयअनुसारनै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको जागरण अभियान सुरु गरिएको हो ।