कर दिवसको अवसरमा शनिबार बिहान सिमरामा सचेतनामूलक प्लेकार्डसहितको प्रभातफेरी निकालिएको छ ।

आन्तरिक राजश्व कार्यालय सिमराबाट निकालिएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । प्रभातफेरीपछि आन्तरिक राजस्व कार्यालयले औपचारिक कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कर सप्ताहका सबै कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिए । उनले करदाता उत्प्रेरित भएर कर तिर्न जागरुक हुन् भन्ने उद्देश्यले २०६९ साल मंसीर १ गतेदेखि कर दिवस मनाउन सुरु गरिएको तथा कानुनभन्दा बढी कर लगाउन नपाइने धारणा राखेका थिए ।

आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत दिनेश पाण्डेले कर कार्यालयले कर प्रणाली सुधारका लागि कर दातामैत्री बनाएको तथा राजश्व कार्यालयले करदातालाई कर तिर्न प्रोत्साहित गर्नेमा जोड दिए ।

एकद्वार कर प्रणालीको माग : जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले करमा एकद्वार प्रणाली लागु गर्न सरकारसंग माग गरेका छन् । कर सप्ताहको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले सरकारको कर नीतिका कारण व्यवसायी धाराशायी बन्दै गएको गुनासो गरे । तीन तहका सरकारको तीन थरीको कर नीति अव्यवहारिक रहेको बताउँदै लामिछानेले संघीय सरकारले व्यवसायीमैत्री कर नीति तर्जुमामा ध्यान दिन आवश्यक रहेको बताए ।

आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख दिनेश पाण्डेले सरकारले विगतको भन्दा २३ प्रतिशत बढी कर संकलनको लक्ष्य सिमरालाई दिएकाले यहाँका व्यवसायीलाई करको दायरामा आइ सहयोग गर्न आग्रह गरे ।

कर तिर्ने वातावरण राज्यले खडा गर्नुपर्छ : निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ

कार्यक्रममा निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले करदातालाई कुनै किसिमको दुःख दिने कार्य राज्य र मातहतका निकायबाटनै हुनु दुःखत रहेको बताए । उनले बिभिन्न बाहनामा व्यवसायीलाई त्रसित नबनाउन तथा सबै व्यवसायीलाई सम्मान रुपमा व्यवहार गनुपर्ने धारण व्यक्त गरे ।

निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले देशको आर्थिक अवस्था नाजुक रहेको भन्दै आर्थिक अवस्था चलायमान बनाउन सरकार लाग्नुपर्नेमा जोड दिए । उनले कर तिर्ने वातावरण राज्यले खडा गर्नुपर्ने बताए ।

कार्यक्रममा चेम्बर्स अफ कमर्स बाराका अध्यक्ष बाराका अध्यक्ष रुपेश पोखरेल, होटल तथा पर्यटन ब्यवसायी संघका कार्यवाहक अध्यक्ष शम्भुकुमार खड्गी लगायत यहाँका उद्योगी व्यवसायीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय