वीरगन्ज,८ कातिक / जनता समाजवादी पार्टी नेपालका युवा नेता स्वर्गीय सन्तोष यादवको प्रथम श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।
बाराको परवानीपुर बजार स्थित बिएस पार्टी प्यालेसमा स्वर्गीय यादवको प्रथम श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न भएको हो ।
श्रद्धान्जली सभामा जनता समाजवादी पार्टी नेपालका नेताहरुले स्वर्गीय यादवले मृत्युले पार्टीमा अपुरणीय क्षति भएको बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दे उनीहरुले मधेश आन्दोलनबाट राजनितिकमा उदाएका यादवको ज्वरो बिग्रेर भएको मृत्युले पार्टी र परीवारलाई पिडा दिएको बताएका थिए ।
कार्यक्रममा बक्ताहरुले स्वर्गीय यादवको राजनितिक योगदान र लगानीलाई जनता समाजवादी पार्टी नेपाल र परिवारका सदस्यहरुले प्रत्येक बर्ष श्रद्धान्जली सभा कार्यक्रम मार्फत सम्झनामा राख्ने उद्घोष गरेका थिए ।
जनता समाजवादी पार्टी नेपालका निकट समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष स्वर्गीय सन्तोष यादव गतबर्ष अल्पआयु मै मृत्यु भएको थियो । परवानीपुर गाँउपालिका ३ लिपनीमाल निवासी यादवको श्रीमति , दुई छोरा र आमाबुबा रहेका छन ।
स्वर्गीय यादवको श्रीमति श्रद्धा यादवको अध्यक्ष्तामा भएको कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका महासचिव एवं मधेश प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउत , जनता समाजवादी पार्टी नेपालका प्रभावशाली नेता रामकिशोर यादव , पर्साका अध्यक्ष रामनरेश यादव , युवा नेता आनन्द यादव , परवानीपुर गाँउपालिका ५ का वडाअध्यक्ष रामेश्वर कलवार , नेता भरत खड्का सहितका नेताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय