दाङको बंगलाचुली गाउँपालिका टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गढवा गाउँपालिका- ७ निवासी प्रभु चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता ईश्वर थापाले बताए ।
चुनढुँगा लिउन जान लगेको टिपर घोराही-तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा रा १ ख १८५७ नम्बरको टिपर दुर्घटना भएकाे हाे।
विहीबार राति सडक देखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।