
बाराको महागढीमाई नगरपालिकामा रहेको विश्व प्रसीद्ध गढीमाई मन्दीर सम्म पुग्न निःशुल्क बस सेवा संचालन गरिएको छ ।
नजिकिदै गरेको पञ्चवर्षिय मेला सुरु भएसंगै निजी क्षेत्रले दर्शनार्थीहरुको सहजताका निम्ती बाराको सदरमुकाम कलैयाबाट गढीमाई मन्दीरसम्म निःशुल्क बस सेवा सरु गरेको हो ।



बाराबाट संचालित ओम बिनायक ट्राभल्सले दर्शनकालागि कलैयाबाट प्रसीद्ध गढीमाई मन्दीरसम्म दैनिक एक पटक निःशुल्क सेवा दिएको ओम बिनायक ट्राभल्सले जानकारी दिएको छ ।
‘पञ्चवर्षिय मेला सुरु भएसंगै दर्शनार्थीका निम्ती दैनिक बिहान साढे ६ बजे कलैयाबाट गढीमाई मन्दीरसम्म र त्यहाँबाट साढे ८ मा कलैयासम्म दर्शनार्थी पुर्याउने र ल्याउने गरी संचालन गरीएको हो । यो मेला सम्पन्न हुनेबेला सम्म निरन्तर संचालन हुन्छ ।’ ओम बिनायक ट्राभल्सका संचालक समेत रहेका सामुदायिक रेडियो प्रसारक संघ तथा प्रेस चौतरी नेपालका केन्द्रिय सदस्य अच्युत पौडेलले भने निजी क्षेत्रबाट समेत यस गढीमाई मन्दीरको पञ्चवर्षिय मेलाको प्रवर्द्धन तथा मन्दीर दर्शन गर्न चाहने दर्शनार्थीकालागि सहज होस, समय र अर्थको समेत बचत होस भन्ने सदइच्छाका साथ निःशुल्क बस संचालन गरिएको हो ।
यस निःशुल्क बस सेवाबाट नेपाल तथा भारतका सीमावर्ती क्षेत्रबाट गढीमाईमा मन्दीरमा यस पटक हुने पञ्चवर्षिय मेलामा आउने हजारौं दर्शनार्थीहरु लाभान्वित हुने ओम बिनायक ट्राभल्सले बिश्वास लिएको छ ।
निःशुल्क बस सेवाको प्रयोग गर्न दर्शनार्थीले बाराको सदरमुकाम कलैमा उपमहानगरपालिकामा रहेको कलैयाको भरत चोकबाट हरेक दिन विहान साढे ६ बजे गढीमाई मन्दिरका निम्ती छुट्नेछ भने मन्दिरबाट साढे आठ बजे पुनः कलैया फर्कन सकिन्छ ।