श्रीमानले श्रीमतीको घाँटी काटेर हत्या गरेका छन् । बाराको निजगढ नगरपालिका–९ भमरा टोलमा बस्दै आएका ४५ वर्षीय बिमल कुमार बस्नेतले मङ्गलवार राति ७ः४५ बजेको समयमा आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईलाई घरेलु धारिलो हतियार खुर्पाले पटक पटक हात, खुट्टा र घाटीमा प्रहार गरी हत्या गरेका हुन् ।

उनको उपचारको क्रममा ८ बजे र १५ मिनेटमा मृत्यु भएको हो ।

बुवा आमाको झगडा छुटाउने क्रममा दुई छोरी समेत घाईते भएका छन । १८ वर्षीया गंगा राई र १५ वर्षीया जमुना राईको बाया हातमा चोट लागेको ईलाका प्रहरी कार्यलय निजगढले जनाएको छ । उनीहरुको सामुदायिक प्रसुती गृह अस्पताल निजगढमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि बिरगज पठाईएको छ ।

प्रहरीका अनुसार घरमा जडान गरिएको इन्टरनेटमा रिचार्ज गर्ने बिषयमा सुरु भएको झगडाले उग्ररुप लिएको थियो । शौचालयमा रहेकी श्रीमतीले घरमा जडाज गरेको इन्टरनेटमा रकम नहुदा सामाजिक सञ्जाल प्रयोग गर्न नपाएको भन्दै रिचार्ज गर्न श्रीमानलाई आग्रह गर्दा दुईको भनाभन हुदाँ मदिरामा मस्त श्रीमानले नजिकै रहेको खुर्पाले शौचालयमा रहेकी शौचालयमानै पटक पटक श्रीमतीलाई प्रहार गरेका थिए ।

श्रीमान बिमल कुमार बस्नेतलाई खुर्पा सहित प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए । उनले भने, श्रीमतीको हत्या गर्ने बस्नेतलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु भएको छ ।

श्रीमान र श्रीमतीबीच विगत एक महिनादेखि आपसी विवाद हुँदै आएको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय