जिल्ला प्रशासन कार्यालय बारा तथा बारामा रहेका इलाका प्रशासन कार्यालयहरूले आर्थिक वर्ष ०८०/८१ मा ४७ हजार दुई सय ८५ जनालाई नेपाली नागरिकताको नयाँ तथा प्रतिलिपि प्रमाणपत्र वितरण गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको प्रगति विवरणअनुसार, यस अवधिमा १९ जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन् भने सातजनाले जन्मसिद्ध नागरिकता लिएका छन् ।

जिल्लामा वैवाहिक अंगीकृत नागरिकताको प्रमाणपत्र वितरणमा पनि उल्लेख्य वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय बाराबाट एक हजार २५४ र इलाका प्रशासन कार्यालय सिम्रौनगढबाट १५८ जना गरी कुल एक हजार ४१२ जनाले वैवाहिक अंगीकृत नागरिकता बनाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय बाराबाट १० हजार २०४ महिला र १० हजार ८३० पुरुष गरी कुल २१ हजार ३४ जनाले नेपाली नागरिकताको नयाँ प्रमाण प्राप्त गरेका छन् ।

यसैगरी इलाका प्रशासन कार्यालय सिमराले चार हजार ३२१ जना, सिम्रौनगढले एक हजार ६०४ तथा इलाका प्रशासन कार्यालय कोल्हवीबाट एक हजार नाै जना गरी कुल ६ हजार ३४ जनाले नेपाली नागरिकताको नयाँ प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यालयबाट नागरिकताको प्रतिलिपि पनि उल्लेख्य संख्यामा वितरण भएको पाइएको छ । जसअनुसार जिल्ला प्रशासन कार्यालय बारा कलैयाबाट १२ हजार ५१५, इलाका प्रशासन कार्यालय सिमराबाट चार हजार ८६२, सिम्रौनगढबाट एक हजार १८ र कोल्हवी इलाकाबाट ९२८ गरी जम्मा १९ हजार ३१७ जनाले नागरिकताको प्रतिलिपि प्रमाणपत्र लिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय