मकवानपुर । मकवानपुरको मनहरीमा भैँसीको आक्रमणबाट बाघ मारिएको छ । स्थानीयको गोठमा पसेर त्यहाँ रहेकोे भैंसीलाई आक्रमण गर्न खोज्दा भैँसीकै आक्रणबाट बाघको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार बिहिवार बिहान सवा तीन बजेको समयमा मनहरी गाउँपालिका वडा नम्बर ६ प्रतापपुरमा स्थानीय बल बहादुर राईको गोठमा पसेर बाघले भैँसीलाई आक्रमण गरेको थियो ।

तर उल्टै भैँसीको आक्रमणबाट बाघको मृत्यु भएको छ । बाघले आक्रमण गर्दा एउटा भैँसी पनि घाइते भएको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए ।

बाघले गोठमा पसेर भैँसीलाई आक्रमण गरेको स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यलय मनहरीबाट प्रहरी टोली र पर्सा बन्यजन्तु आरक्षण शुरक्षार्थ खटीएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामीटार ब्यारेकबाट नेपाली सेनाको टोली घटनास्थलमा पुग्दा बाघ मृत फेला परेको हो ।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले घटना स्थलमा खटिएको प्रहरी टोलीका अनुसार बाघ बुढो रहेको र भैँसीले हान्दा बाघको मृत्यु भएको हुनसक्ने बताए ।

मृत बाघलाई चितवन राष्ट्रिय निकुन्ज शुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटीएको नेपाली सेनाको टोलीले साथैमा लगेको प्रवक्ता भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय