आफूलाई नेपाल प्रहरी बताउदै बिभिन्न मानिस तथा व्यापारीहरूसंग मोटरसाईकल र रकम ठग्ने एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको आवरणमा ठगी गरेको आरोपमा प्रहरीले बाराको फेटा गाँउपालिका–७ निवासी ४५ वर्षीय सहाबुदिन अंसारीलाई पक्राउ गरिएको हो ।

अंसारस्ले गत जेठ ३२ गते साझ ४ बजे जिल्लाको महागढिमाई नगरपालिका–८ जोलगावा निवासी ५५ वर्षीय सिताराम राय यादवलाई आफु नेपाल प्रहरीमा कार्यरत रहेको र ईमरजेन्सी भएका कारण मोटरसाईकल आवश्यक परेको भनी ना ४ प २२१२ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल लिई फरार भएको थिए, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्र खड्काले भने, पछि उनले सोही मोटरसाईकल प्रयोग गरी बिभिन्न मानिस, व्यापारीसँग रकम उठाइरहेको निवेदन जिल्ला प्रहरी कार्यालयमा आएपछि प्रहरीले नक्कली प्रहरीलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय प्रसौनीको प्रहरी टोलीले अंसारीलाई श्रावण ०७ गते पक्राउ गरेको थियो भने अंसारी बिरुद्घ जिल्ला प्रहरी कार्यालय बाराले चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

यस्तै बारा प्रहरीले यस्ता किसिमको घटनामा अन्य व्यक्तिहरूसंग पनि हुनसक्ने भएकोले ठगीमा परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय, बारामा सम्पर्क गरी जाहेरी दरखास्त दिन र आगामी दिनमा यस्ता घटनाबाट बच्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय