पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले वीरगन्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको अवस्थाको बारेमा जानकारी लिन घटनास्थलमा पुगेका छन ।
बिहिबार राति आठ बजे वीरगन्जबाट काठमांडौका लागी छुटेको एञ्जल डिलक्सको बा प्र ०३-००६ ख १५१६ नम्बरको बस सिमलटारमा पहिरोमा दुर्घटनामा परेपछि त्यसकै जानकारी लिन अध्यक्ष यादव घटनास्थलमा पुगेका हुन ।
उनका अनुसार एञ्जल बस दुर्घटनामा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ जमुनियाका एकै परिवारका तीनजना परेका छन् । जमुनियाका हृदयनारायण चौधरी थारु, उनकी श्रीमती भगवती थरुनी र छोरी चन्द्रप्रभा रहेका छन् । उनीहरु तीन जनाको परिवार उपचारका लागि काठमाडौं गएको जानकारीमा आएको गाउँपालिका अध्यक्ष यादवले बताए ।
स्वास्थ्यकर्मीहरुमा सखुवा प्रसौनी गाउँपालिकाको अस्पतालमा कार्यरत रेडियो ग्राफर कलैया उपमहानगरपालिकाकी श्रृष्टि यादव र ल्याब असिस्टेण्ट सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ कट्या डुबरवानाका रैफुल अन्सारी रहेका छन् ।
वीरगन्जको प्रतिमाचोकबाट छुट्दा बसले दिएको यात्रुको विवरणमा गाडीसाहु, चालक, सहचालकबाहेक २१ यात्रु रहेको बताइएको छ । तीमध्ये सातजना भारतीय पनि थिए । बस पर्साको रंगपुरबाट काठमाडौं चल्ने गरेको बताइएको छ ।
- तिवारी यादव, वीरगन्ज