बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पसाह पुल नजिकै बस दुर्घटना हुँदा चौधजना घाइते भएका छन्।

मलंगवाबाट पर्साको बिरगजतर्फ जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस पुर्ब पश्चिम लोकमार्ग अन्तरगर्त बाराको पसाह खोला नजिकै पल्टिँदा चौधजना घाइते भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए।

भारी बर्षा भईरहेको समयमा पुर्ब पश्चिम लोकमागमा तिब्रगतिमा बसले ओभर टेक गर्ने क्रममा सडक भन्दा उतर तर्फ बस पल्टिन पुगेको प्रहरीले अनुमान गरेको छ ।

दुर्घटनामा घाईते भएका चौध मध्य रौतहटको बिन्दावन नगरपालिका १ बस्ने ४२ वर्षीय संझा देवीको अवस्था गम्भिर रहेको छ । उनको छातीमा चोट लागेको हुदाँ प्राथामिक उपचारपछि सिमरा सरकारी अस्पतालबाट उनको ब्योधा अस्पताल पर्सामा रिफर गरिएको छ ।

यस्तै दुर्घटनामा घाईते भएका चौध मध्य तिन जनाको अवस्था मध्यम रहेको बताईएको छ । अवस्था मध्यमहुनेमा बाराको निजगढ नगरपालिका ०९ बस्ने ३६ वर्षीय तिरजा उपरेती, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ बस्ने ४८ वर्षीय रामबाबु चौधरी र बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ बस्ने २० बर्षकी लक्षमी घिसिङ रहेका छन ।

यस्तै सामान्य घाइते हुनेमा बाराको निजगढ नगरपालिका ९ बस्ने २८ वर्षीय रविन तामाङ, सोही स्थानका ३१ वर्षीय लरेन्स लामा, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ बस्ने ४० वर्षीय नवराज आचार्य, बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ बस्ने २२ वर्षीय आशा तामाङ, बाराको कलैया उपमहानगरपालिका १३ बस्ने २५ वर्षीय रिकदेव प्रसाद यादव, रौतहटको गरुडा नगरपालिका ९ बस्ने ३३ वर्षीय लालबुबा दास, सोही स्थानका २४ वर्षीय कैलास यादव, सोही स्थानका ३२ वर्षीय राम उदगर साह, सोही स्थानका १७ वर्षीय राकेश कुमार यादव र बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ बस्ने ४५ वर्षीय कृष्ण प्रसाद अधिकारी रहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रहरीले बसका सहचालक सर्लाहीको मलंगवा नगरपालिका १० बस्ने २८ वर्षीय राकेश कुमार शाहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरू गरिसकेको छ भने बस चालक सर्लाहीको मलंगवा नगरपालिका ९ बस्ने ४५ वर्षीय जयनारायण महतो फरार रहेका छन । बसमा २५/२६ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको सिमरास्थित सिमरा सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय