पर्सा प्रहरीमा पछिल्लो समयमा प्रहरीको नाम बेचेर पैसा कमाउने बिचौलियाको बिगाबिगी बढेको छ । प्रहरीको नाममा सर्वसाधारण मात्र होईन पँहुच भएकै विभिन्न तहका व्यतिm बिचौलियाको रुपमा परिचालित छन ।
प्रहरीमा पँहुच राम्रो भएको भन्दै विभिन्न मुद्धा मामिला मिलाउने देखि तस्करीको लाईन चलाउन सम्मको आश्वासन दिएर बिचौलियाको रुपमा केहि व्यक्ति परिचालित हुने गरेका छन ।
प्रहरीको नाममा बिचौलियाको काम गर्ने मध्ये सबैभन्दा बढि सक्रिय रहेका छन पुर्व प्रहरी हवल्दार प्रभु सहनी । उनी जिल्लामा तस्करी गराउने देखि मुद्धा मिलाउने सम्मको नाममा पैसा असुल्ने गरेका छन ।
पुर्व हवल्दार प्रभुले दिन अगाडी वीरगन्जका दुई तस्कर समुह जितु र हरिन्द्र बिच झगडा गराएर पैसा असुलेको भेटिएको छ ।
तस्करी गर्नका लागी दुई समुह बिच ठुलो झगडा हुदाँ जितु पक्षका ४/५ जनालाई प्रभुले प्रहरीमा थुन्न लगाएका थिए ।
यो कुरा करिब आजभन्दा दुई साता अगाडीको रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रहरीमा जितु पक्षका व्यक्ति थुनिएपछि मुद्धा मिलाईदिने बहाना प्रभुले रकम असुलेका छन ।
प्रभुले तस्कर जितु संग एकलाख नगद र एसीको नाममा रकम बुझेको स्रोतको दावि छ । उनले एकलाख प्रहरीको नाममा र प्रहरीलाई एसी चाहिने बहानामा ७५ हजार नगद बुझेका छन ।
प्रहरीका नाममा प्रभुले नगद रुपमा यो रकम बुझे पछि तस्कर जितु पक्षका व्यक्ति केहि दिन अगाडी रिहा भईसकेका छन ।
यस्तै तस्करी कै लाईन चलाउनका लागी वीरगन्जका कुख्यात तस्कर मदन रुन्चे संग पनि पुर्व हवल्दार प्रभु रकम बुझेको स्रोतले जनाएको छ ।
उनले तस्कर मदन संग जिल्ला प्रहरी प्रमुखको नाममा एकलाख रकम असुलेका छन भने प्रहरी महानिरिक्षकको नाममा ५० हजार असुलेर आफै राखेका छन ।
उनी यो कार्यमा विगत लामो समयदेखि सक्रिय रहेको उनी निकट काम गरेका पुर्व प्रहरीहरुले जनाएका छन ।