बाराको वनमा चोरी सिकारीको समूह सक्रिय रहेको पाईएको छ । बाराको निजगढ नगरपालिकामा सिकारीहरुको समूहले वन कार्यालय नजिकैको जंगलमा आईतबार गोली हानेर हरिण मारेका छन ।

सिकारीहरुले निजगढ सब डिभिजन वन कार्यालयबाट करिव ५ सय मिटर दक्षिणमा पर्ने निजगढ ९ को आदर्श सदावहार सामुदायिक वन क्षेत्रभित्र बयस्क हरिण गोली हानेर मारेका हुन ।

जंगलमा बन्दुक पड्केको आवाज सुनेपछि वन कर्मचारीहरु तत्काल घटनास्थलमा पुगेका थिए । गस्ति पुगेपछि मृत हरिण बोकेर लैजाने तयारीमा रहेका १५/१६ जनाको समूहमा रहेको सिकारी टोली भने भागेको थियो ।

कार्यालयका रेन्जर निरज पोखरेलका अनुसार करिव २ वर्ष उमेर र १ सय किलो तौलको सो हरिणलाई सिकारीहरुको समूहले डिभिजन वन कार्यालयको दक्षिणतर्फ पूर्वपश्चिम राजमार्गबाट करिव ३ मिटरभित्र जंगलमा दिउसो ३ बजे गोली हानेर मारेका हुन । हरिनको गर्धनको ६ स्थानमा गोलीको छर्रा लागेको पाइएको रेन्जर पोखरेलले जानकारी दिए । ‘वन कार्यालय नजिकै जंगलमा लगातार ४–५ पटक बन्दुक पड्केको आवाज आयो । त्यसपछि हामी आवाज पड्केको तर्फ जादा १५/१६ जनाको समुहका शिकारीहरु हामीलाई देखेर भागेका थिए ।’

फरार शिकारीहरूको हुलियाको आधारमा उनीहरुलाई पहिचान गर्न र घटनाको थप अनुसन्धान टोली खटाइसकेको डिभिजन वन कार्यालय बाराले जनाएको छ । सिकारी भागेपछि मृत अवस्थामा बरामद भएको हरिणलाई निजगढ सव डिभिजन वन कार्यालय परिसरमा ल्याएर स्थानीय जनप्रतिनिधिको रोहबरमा गाढिएकोले थियो ।

निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटवाल, आदर्श सदावहार वन समुहका अध्यक्ष रामप्रसाद पाण्डे र जनज्योति सामुदायिक वन समुहका अध्यक्ष खडकबहादुर लामा र स्थानीय संचारकर्मीको रोहबरमा सब डिभिजन वन कार्यालय परिसरमा खाल्टो खनेर हरिण गाढिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय