नेकपा एमाले बाराको ११ औं जिल्ला अधिवेशन सोमबार १९ गतेदेखि सुरु हुँदै छ । २० र २१ चैत हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी बन्नेछ । एमाले बाराको अधिवेशनको उद्घाटनसत्र होटल करण राज प्यालेसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ भने बन्दसत्र कलैयास्थित जानकी सिनेमा हलमा हुँदै छ ।

अधिवेशनका लागि जिल्लाका १६ स्थानीय तह र पेसागत संगठनहरूबाट ७ सय ३५ जना प्रतिनिधि छनोट भएर आएका छन् ।

अध्यक्षमा चार जनाको आकांक्षा

एमाले बाराको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षको लागि चार जनाले आकांक्षा देखाएका छन् । अध्यक्षको लागि कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख भरत बहादुर भण्डारी, तिन कार्यकाल जिल्ला सचिव भएका अध्यानन्द पाण्डे, पुर्व सचिव एम समिउल्लाह र नेकपा एमाले बाराको बर्तमान उपाध्यक्ष टिना सुबेदी आकांक्षा देखाएका छन् ।

अध्यक्षका आकांक्षी शालीन स्वभावका भरत बहादुर भण्डारी कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख हुन । उनी नेकपा एमाले बारा जिल्ला सचिवालय कमिटी सदस्य एवं क्षेत्रीय कमिटीका संयोजक समेत हुन ।

जिल्ला अध्यक्ष बन्ने इच्छा बनाएका अध्यानन्द पाण्डे जिल्ला कमिटी बारामा तिन पटक सचिब भईसकेका छन भने पाण्डे जिल्ला कमिटी उपाध्यक्ष समेत थिए । उनी बाराबाट एमाले महाधिवेशन प्रतिनिधि समेत हुन भने उनी बलबिर चौधरी निकट भएको बताइएको छ ।

जिल्ला अध्यक्षका अर्का आकांक्षी एम समिउल्लाह २०७३ मा भएको नवौं अधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए । उनी बाराबाट एमाले महाधिवेशन प्रतिनिधिमा छनैट भएका थिए ।

एमाले बाराको २०७८ सालमा भएको १०औं अधिवेशनबाट टिना सुबेदी जिल्ला कमिटी उपाध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । सुबेदी प्रतिनिधि सभाका सभासद अच्युत मैनालीको श्रीमति हुन ।

यसअघि सर्वसम्मतबाटनै जिल्ला नेतृत्व चयन गरिने बताएतापनि यसपटक भने निर्वाचनबाट नेतृत्व चयन हुने देखिन्छ । नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली र ज्वाला साहका कारण बारामा शक्तीको लडाई हुने देखिन्छ । नेकपा एमालेका तिन पोलिटब्युरो सदस्य रहेको बारामा आफुनिकटका व्यक्तीहरूलाई अध्यक्षमा निर्वाचित गर्न ध्याउन्न छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय