राष्ट्रिय सभाको अध्यक्ष पदमा सत्तागठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन्।

बैठकमा उपस्थित ५७ सांसदमध्ये ३९ सांसदले दाहालको पक्षमा मत दिएका छन्।

कांग्रेसका उम्मेदवार युवराज शर्माको पक्षमा १७ मत खस्दा एक सांसद तटस्थ बसेका छन्।

निवर्तमान राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना ६ वर्षे कार्यकाल पूरा गरेर २० फागुनदेखि बिदा भइसकेका छन् ।

निर्वाचनमा कांग्रेसका उम्मेदवार शर्मा पराजित

राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदका उम्मेदवार युवराज शर्मा पराजित भएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी राष्ट्रिय सभाको आजको बैठकमा भएको मतदानमा कांग्रेस उम्मेदवार शर्मा पराजित भएका हुन् ।

बैठकमा ५६ सांसद उपस्थित रहेकोमा शर्माको पक्षमा १७ मत परेको थियो भने विपक्षमा ३९ मत पर्‍याे ।

बैठकमा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय