बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित ३ नम्बर पुलमा यात्रु बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
घनगढीबाट विराटनगरको लागि गुडेको ना ६ ख ९०३० नम्बरको बस पूर्व–पश्चिम लोकमार्गअन्तर्गत ३ नम्बर पुलबाट खोलामा खस्दा १८ जना घाइते भएका हुन् ।
घाइते हुनेमा ८ जना पुरुष ८ जना महिला रहेका प्रहरीले जनाएको छ । २ जना बालबालिका रहेका छन् ।
जिल्ला ट्राफिक प्रहरी बारा प्रमुख प्रहरी निरिक्षक राम कुमार महतोका अनुसार यात्रुवाहक बस आफै अनियन्त्रित भई बाटो भन्दा ३० मिटर तल खस्दा बसमा सवार २३ जना यात्रु मध्ये ५ जनाको समान्य उपचार पश्चात घर पठाईएको र १८ जना घाईतेहरुको उपचार भईरहेको बताए ।
घाइते १८ जनामध्ये एक जनालाई थप उपचारका लागि चिकित्सकले भरतपुर रेफर गरेका छ भने अन्य घाइतेको हेटौँडास्थित हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
घाईते हुनेहरुमा मकवानपुर हेटौडा उपमहानगरपालिका १२ बेलडाडा ९ वर्षिय बालिका क्षेसन लामा, सोही स्थानका ३१ वर्षिय बिष्णु लामा, सुनसरी बिराटनगरका २५ वर्षिय रबिन मगर, चितवन भरतपुर महानगरपालिका ८ का ४८ वर्षिय दिपेन्द्र कुमार ठाकुर, सोही ठाँउकी ४० वर्षिय कबिता ठाकुर, चितवन महानगरपालिका १० की २८ वर्षिय राखी शाह, सोही स्थानका कैलाशनगरकी २१ वर्षिय अस्मि शाह, मकवानपुर हेटौडा उपमहानगरपालिका १२ पदमपोखरीकी २४ वर्षिय सबिना घलान, सोही स्थानकी २४ वर्षिय सबिना घलान, मकवानपुर थाहा नगरपालिका ३ की २३ वर्षिय दिल कुमारी बि.क, धनुषा सहित नगरपालिका २ कि ३२ वर्षिय प्रिंयका यादव, सोही ठाँउका ४१ वर्षिय रन्जित यादब, ६५ वर्षियकी शान्ति देवी यादव, पर्सा बिरगंज श्रीपुरका ५० वर्षिय दुखन खातुन, सोही स्थानकी ५ वर्षिय जोया खातुन, सर्लाही हरिवन नगरपालिका ८ का ४३ वर्षिय पर्बत भट्टराई, सर्लाहीकी १६ वर्षिय रेनुका खड्का, र सर्लाही लालबन्दी नगरपालिकाकी २६ वर्षिय निशु खड्का रहेका छन ।
घाईते मध्य निशु खड्काको अबस्था गम्भिर रहेको छ, उनको अनुहारमा चोट लागेको बताईएको छ उनलाई थप उपचारका लागि चिकित्सकले भरतपुर रेफर गरेका छ ।
तिब्र गति र घुम्तीका कारण दुर्घटना भएको हुनसक्ने ट्राफिक प्रहरीले जनाएको छ । बस सडकबाट चिप्लिएर ३० मिटर तल खसेको छ भने बस चालक हाल फरार राखेको प्रहरीले बताएको छ ।