नेकपा (एमाले) को प्रतिनिधि सभाको प्रमुख सचेतकमा महेश वर्तौला र सचेतकमा सुनिता बराल चयन भएका छन्।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले वर्तौलालाई प्रमुख सचेतक र बराललाई सचेतक मनोनित गरेका हुन्।

एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरीलाई मन्त्री बनाईएको हुदाँ सचेतक वर्तैलालाई प्रमुख र बराललाई सचेतकमा मनोनित गरिएको एमालेले जनाएको छ ।

आजै देखि लागू हुने गरी दुवै जनालाई मनोनित गरिएको एमालेले जनाएको छ।

प्रमुख सचेतक चयन भएका वर्तौला एमाले बागमती प्रदेश कमिटीका उपसचिव हुन् भने सचेतक बराल अनेरास्ववियुकी पुर्व अध्यक्ष हुन् ।

दुवै जनालाई एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम मनोनयन गरिएको एमालेले जनाएको छ। गत निर्वाचनमा वर्तौला मकवानपुर(२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए भने समानुपातिकतर्फबाट निर्वाचित सांसद भएकी हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय