सरकार समिकरण परिर्वतन भएसंगै नयाँ गठबन्धनको सरकार निर्माण भएर मन्त्रिपरिषद्को बिस्तारको तयारीमा सरकार देखिन्छ ।
कांग्रेससहितको गठबन्धन भत्काएर नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जनता समाजवादी पार्टी (जसपा)को नयाँ सत्ता गठबन्धन बनेसंगै मन्त्री हुने दौडमा नेताहरु यतिबेला निकै कसरत गरेको देखिन्छ ।
एमालेमा समेत मन्त्री बन्ने दौडमा नेता तथा संसदहरु लागि परिरहेको बेलामा पार्टी भित्र एउटा नाम मन्त्री बन्ने भन्ने चर्चा चलिरहेको छ । एमालेका अच्युत प्रसाद मैनालीको नाम अहिले एमाले भित्र मन्त्रीहुने नेताको रुपमा चर्चामा छ तर मैनाली भने आफैँ मन्त्रीबन्ने दौडमा छैनन् तर पार्टी भित्र भने संभावित मन्त्रीको चर्चामा उनको नाम चलिरहेको छ ।
बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएका नेकपा एमालेका पोलिटव्यूरो सदस्य अच्युत मैनालीको जन्म २०२२ असार ९ गते काभ्रे जिल्ला हालको रोशी गाउँपालिका थानसिङमा भएको हो । उनी स्वर्गीय नन्दिकेशर मैनाली र भवानीदेबीको जेष्ठ सुपुत्र हुन ।
मैनालीले कानुन शास्त्रमा स्तानक र समाजशास्त्र र राजनीति शास्त्रमा स्नाकोत्तर तहसम्मको अध्ययन पुरा गरेका छन । मैनाली हाल बारा जिल्लाको कोल्हवी नगरपालिका– १ का स्थायी वासिन्दा हुन ।
सादगी जीवनको परिचय बनाउनु भएका अच्युत प्रसाद मैनालीको सबैभन्दा ठूलो पुँजी भनेको राजनीतिको अविराम यात्रा नै हो । जननेता मदनकुमार भण्डारीका शब्दलाई सापट लिने हो भने मैनालीसँग राजनीतिमा थकाई भन्ने शब्दावली नै भेटिन्न ।
मैनालीको राजनीतिक जीवन १३ वर्षको किशोर अवस्थाबाट सुरु भएको हो । २०३५ सालको विद्यार्थी अन्दोलनमा सक्रिय सहभागी मैनाली २०४६ र २०६२/०६४ सालको जनअन्दोलनमा पनि निरन्तर सहभागी भएका थिए ।
यसबीचमा पटक पटक गिरफ्तारीमा समेत परेका मैनालीले २ वर्षसम्मको जेल जीवन समेत बिताएका छन । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग काठमाण्डौंमा केही समयसंगै जेल जीवन बिताएका थिए ।
२०३६ सालमा नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका मैनाली तत्कालिन नेपाल मजदुर किसान संगठनमा अवद्ध थिए भने विसं २०३८ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा आवद्ध भइ राजनीतिको लामो यात्रामा लाग्नु भएका मैनाली, पञ्चायती शासनको उतार्ध २०४३ मा नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अत्याधिक मतले विजयी हुनुभएको थियो ।
हाल नेकपा (एमाले) पोलिटव्यूरो सदस्यको पार्टी जिम्मेवारी बहन गर्नुभएको छ । विद्यार्थी राजनीतिपछि पार्टी राजनीतिमा प्रवेश गर्नुभएका मैनालीले आजको दिनसम्म पार्टी हितविपरीत लाग्नुभएको छैन् । पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने क्षमता छ ।
उहाँ बारा जिल्लाको कोल्हवी गाविस उपाध्यक्ष, जिविस सदस्य, एमाले जिल्ला कमिटी सदस्य हुँदै, जिल्ला कमिटीको सचिवको जिम्मेवारी कुशल ढंगले सम्हालेको अनुभव छ । राजनीतिमा अवसरका लागि दौडिनेहरुको भीड भन्दा फरक पहिचान बनाउनु भएका मैनालीले विसं २०७४ मा प्रधानमन्त्री केपी शर्मा ओली सरकारको जनसम्पर्क सल्लाहकार भई काम गर्ने अवसर प्राप्त गर्नुभएको थियो ।
बहुदल प्राप्तिको आन्दोलनमा होस् या लोकतन्त्र/गणतन्त्र प्राप्तिको आन्दोलनमा नै किन नहोस् उहाँ निरन्तर–निरन्तर लागिरहनु भयो । राजनीतिक आन्दोलनकै क्रममा पटक–पटक गरेर दुई वर्ष बढी जेल जीवन बिताउनु भएका उहाँ २०७९ को निर्वाचनमा बारा क्षेत्र नं १ बाट सङ्घीय सांसदमा सानदार निर्वाचित हुनुभयो ।
अब हुने मन्त्रीपरिषद गठनमा पार्टीले माननीय अच्युत प्रसाद मैनालीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको नेतृत्व दिदा न्याय नै हुने एमाले नेता तथा कार्यकर्ता बताउछन ।
एमाले अध्यक्ष केपी ओली ०७४ सालमा प्रधानमन्त्री हुँदा उनी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा रहेर काम गरेको राम्रो अनुभब समेत रहेको छ ।