सत्ता गठबन्धन बदलिँदै प्रचण्डकै सरकारमा सहभागी हुन एमाले र रास्वपा तयार भएसंगै एमाले र माओवादीबाट एक-एक जना गरी दुईजनाले बिनाबिभागिय मन्त्रीको रुपमा सपथ लिने तयारी गरेका छन ।

पहिलो दृष्टिलाई प्राप्त सुचना अनुसार माओवादीबाट बर्षमान पुन र एमालेबाट पदम गिरीले आजै बिनाबिभागिय मन्त्रीको रुपमा सपथ लिने सोत्रको दाबि छ ।

प्रचण्डकै नेतृत्वको सरकारमा एमाले सहितका दलहरु सहभागी हुने भएका छन् । हिजो बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरणको प्रस्ताव राखेका थिए । त्यसमा एमाले, रास्वपा लगायतका दलहरु सहमत भएपछि अर्को गठवन्धन बन्ने निश्चित भएको हो ।

आजै एमाले र रास्वपाले आकश्मिक बैठक बसेर नयाँ समिकरणमा जाने निर्णय समेत गरेका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा पछिल्ला घटनाक्रमको विश्लेषण भएको बताए । गठबन्धन परिवर्तनको कुरा प्रधानमन्त्रीमा भर पर्ने उनको भनाइ छ ।

‘प्रधानमन्त्रीले यो गठवन्धन आफ्नो लागि कठन हुँदै गएको, कतिपय विवादित र असफल मन्त्रीलाई हटाउन नसकेको कारण नयाँ ढंगले अगाडि बढ्ने संकेत गर्नुभएको छ । हामीले पनि यस विषयमा आज गम्भीर छलफल गरेका छौं । स्थिति परिपक्व भइसकेको छैन, तर नयाँ विकासक्रमतर्फ राजनीति अघि बढेको छ’, उनले भने ।

एमाले महासचिव सुरेन्द्र पाण्डेले आजै सानो मन्त्रीपरिषद बन्ने भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । अन्य नेताहरुले पनि प्रचण्ड सरकारमा फेरबदल हुने बताएका छन् । रास्वपाको आजको वैठकले नयाँ गठवन्धनका लागि तयार रहने निर्णय गरेको छ । पार्टीले यसका विषयमा सबै पहल गर्ने जिम्मेवारी सभापति रवि लामिछानेलाई दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय