सरकारले ४३ जना सहसचिवको सरुवा गरेको छ । फागुन १४ को मन्त्रिपरिषद् बैठककाे निर्णयबमोजिम उनीहरूको बिहीवार सरुवा भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत फागुन ४ गते सिफारिस गरेको सरुवा सूची संशोधन गरेर मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
पहिलो दृष्टिलाई प्राप्त सूचनाअनुसार बढुवा भइ पदस्थापन भएका र केही अन्य सहसचिवलाई संघ र प्रदेश र स्थानीय तहमा पदस्थापन गरिनुका साथै सरुवासमेत गरिएको हो ।
निकै लामो रस्साकस्सी बीच सहसचिवको सरुवाले पार पाएको हो । ‘जाने’, ‘लैजाने’, ‘माग’ गर्ने र ‘मिलाउने’बीचको तालमेल नमिल्दा कैयन् पटक फेरबदल भएको सूची बिहीबार अपराह्न सार्वजनिक भएको हो ।
माघ अन्तिम साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३३ जना सहसचिवको सरुवा तथा पदस्थापनको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो ।
केही फेरबदलसहित नयाँ पदस्थापनसमेत गरी २९ जना सहसचिवको सूची पुनः पठाएको थियो । अर्थ मन्त्रालयमा जाने र त्यहाँबाट निकाल्ने सहसचिवका कारण उक्त सूची लामो समयसम्म सुषुप्त बसेको थियो ।
बढुवा भएका सहसचिवहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै अतिरिक्त समूहमा हाजिर गरिरहेका थिए ।
हेर्नुहोस सूची :