बाराको पचरौता नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै नेपाल इन्जिनियर्स एशोसियसन प्रादेशिक केन्द्र मधेश प्रदेश र नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्य समिति बाराले गत फगुन ३ गते प्रकाशित गरेको विज्ञप्तिमा नगरपालिकाको गम्भिर ध्यानकर्षण भएको बताएको छ ।

प्रवक्ता लक्ष्मी यादवद्घारा जारी विज्ञप्तिमा नेपाल सारकारका कर्मचारीले कानुन वमोजिमको आफ्नो काम, कर्तव्य र जिम्मेवारी इमान्दारीका साथ स्वच्छ रुपमा सम्पादन गर्नु पर्ने हुन्छ तर यस कार्यालयका ई. निवेश कुमार चौधरीले कलावंजरमा माइ ब्रहम बाबाको मन्दिर देखि मेन रोड सम्म सडक ढलान योजना लगायत अन्य समेत योजनाको लागत इस्टिमेट तयार गरे बमोजिम ति योजनाका उपभोक्ता समितिले कार्यादेश लिई लागत इस्टिमेट बमोजिमको कार्य सम्पन्न गरि सकेकोमा निज ई.निवेश कुमार चौधरीले उपभोक्ता समितिलाई करिब २ महिना देखि मुल्याकंनको लागि आज भोलि गर्दै आलटाल गरेकोमा उपभोक्ता समितिसंग सोधपुध गर्दा ई. निवेश कुमार चौधरीले आफुलाई १० प्रतिशत रकम दिईएमा मात्र मुल्याकंन गर्ने भनि भनेको र सोहि सम्बन्धमा मिति २०८०/११/०१ गतेका दिन ई. निवेश कुमार चौधरी र उपभोक्ता समितिका सदस्यहरु बीचमा भनाभन भएको भनिएको छ ।

विज्ञप्तिमा उपभोक्ता समितिले कार्यालयको लागत इस्टिमेट बमोजिमको काम गरेता पनि आर्थिक लोभको कारणले ई. निवेश कुमार चौधरीले आलटाल गरि आफ्नो पदिय जिम्मेवारी बमोजिमको कार्य नगरी अनावश्यक रुपमा उपभोक्ता समितिलाई अनावश्यक दुख दिने काम गरेकोले सत्य तथ्य छानविन गरि ई. निवेश कुमार चौधरीलाई कानुन बमोजिमको कारवाही गर्नका लागि सम्बन्धित निकाय संग जोडदार माग गरेको भनिएको छ ।

साथै विज्ञप्तिमा ई. निवेश कुमार चौधरी बारम्बार विना जानकारी हप्तौ सम्म सम्पर्क बिहिन रहने गरेकोले यस कार्यालयको कामकाज समेत प्रभावित हुने गरेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय