पोखरा । पोखरामा अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सुनसहित पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिकलाई मंगलबार पक्राउ गरेको हो ।

उनको साथबाट ६ किलो ६९ ग्राम अवैध सुन बरमद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । सुनसहित ६ किलो चादी र नगद ६२ लाख ८१ हजार बरामद गरिएको थापाले बताए ।

थप अनुसन्धानका लागि बुधबार राजस्व अनुसन्धान विभाग ललितपुर पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय