नेकपा एमालेका नेता तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले नेकपा एमालेभित्रको बिबाद छिट्टै समाधान हुने बताएका छन् । बाराको निजगढमा शुक्रबार कार्यकर्तासँगैको भेटघाटमा बोल्दै पाण्डेले यस्तो बताएका हुन् ।

पाण्डेले एमालेको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै भएकाले उनलाई अध्यक्ष मानेर नै एकता हुने बताए । पाण्डेले अहिले देखिएका सबै बिबाद केही दिनभित्रमा समाधान हुने बताए ।

कानुनी रुपमा पनि ओली नै एमालेको नेतृत्वकर्ता भएको भन्दै ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच पार्टीलाई एकढिक्का बनाउने विषयमा छलफल भइरहेको र केही दिनमै एमालेलाई थप मजबुत बनाएर लैजाने सहमति हुने नेता पाण्डेको भनाइ रहेको छ ।

पाण्डेले बाहिर मिडियामा आएजस्तो एमाले फुटिहाल्ने अवस्थामा नरहेको बताए । उनले अध्यक्ष ओली र नेता नेपालबीच बिबाद समाधानका लागि लगातार रुपमा गृहकार्य र छलफल भइरहेको बताए ।

कार्यक्रममा पूर्व युवा तथा खेलकुद मन्त्री पुर्शोतम पौडेल, निजगढ नगरपालिकाकी उपप्रमुख लीला देवी लमिछाने खनाल, वडा नम्बर ९ का वडा अध्यक्ष सुदर्शन प्रसाद बडाल, वडा नम्बर ७ का वडा अध्यक्ष रामजी बझगाइ, नेकपा नेता एक बहादुर श्रेष्ठ, सुरथ पुरी, नेकपा एमाले निजगढ नगरका सचिब थनेश्वोर सापकोटा लगाएतको उपस्तिथी रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय