नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वीरगञ्ज स्थित लर्ड दियालोमा बुधबार आयोजना गरिएको उक्त कार्यक्रममा बारा, पर्सा र रौतहटमा हालै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारीलाई महासंघले स्वागत, अन्तरक्रिया तथा सम्मान गर्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

महासंघका अध्यक्ष अशोक कुमार टेमानीको स्वागत तथा शुभकामना मन्तब्यसंगै शुरु भएको कार्यक्रममा अध्यक्ष टेमानीले उद्योगी, व्यापारी र प्रशासन बिचको पुलको काम गर्ने महासंघ तयार रहेको बताए ।

अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट हुने अनुगमन व्यवस्थित गर्नुपर्ने, साना तथा घरेलु उद्योगी व्यवसायी माथि लगाइने जरिवाना सम्बन्धमा, म्याद नाघेका वस्तुको व्यवस्थापन गर्ने सम्बन्धमा तथा राज्यले उद्योगी व्यवसायीबाट उठाएको कर राजश्वबाट उद्योगी व्यवसायीहरुलाई व्यवसाय संचालन गर्न आवश्यक पर्ने ऐन कानुन सम्बन्धमा शिक्षा दिन केही बजेट व्यवस्थापन गर्नु पर्ने जस्ता महत्वपूर्ण विभिद विषयहरु बारे कार्यक्रममा व्यवसायीहरुकोतर्फबाट आफ्नो भनाई राखे ।

सहभागी उद्योगी व्यवसायीहरुले खुल्ला सिमानका कारण भारतबाट आर्यातमा परेको असर, भन्सार छलि गरी बजारमा भित्रिएका समाग्रीका कारण साना व्यवसायीलाई परेको समस्या, चेक माफत समान बिक्री गर्दा हुने समस्या, सरकारी कार्यलयबाट हुने अनुगमन सम्बन्धमा, अनविज्ञ रहेको खुद्रा व्यापारी लाई एकहोरो अनुसन्धान र कार्यवाहीबाट उत्पन्न समस्या, बजारमा न्यून विजकीकरणको समस्या लगायत विभिद महत्वपूर्ण विषयहरूमा छलफल भएको थियो ।

प्रमुख जिल्ला अधिकारीहरुले उद्योगी व्यवसायीको क्षेत्रमा देखिएको समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । उनीहरुले उद्योगी व्यवसायीको समस्याप्रति आफू जानकार रहेको बताउँदै त्यसको समाधानका लागि आफूले सम्बन्धित निकायसँग कुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल र पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, निजगढ नगर उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा, बीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष अशोक कुमार बैध, रौतहट उद्योग बाणिज्य संघका अध्यक्ष पंडितप्रसाद जयसवाल, बिरगंज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष अशोक कुमार बैध लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय