निजगढ नगरपालिकाको बकैया खोलामा अबैधरुपमा भईरहेको नदीजन्य पदार्थ उत्खनन रोक्न प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले निर्देशन दिएका छन ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले मंगलबार निजगढको बकैया खोलाको अनुगमन गर्दै निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलालाई खोलाबाट भइरहेको अबैध उत्खनन तत्काल रोक्न निर्देशन दिएका हुन ।
स्थलगत अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले खोलाको अबस्था हेर्दा राज्य छ भन्ने अनुभुति नै नहुने गरी दोहन भएको बताए ।
अनुगमनको क्रममा नेपाल क्रसरले खोला र वस्तिबिच लगाइएको ड्याम अवैध ढङ्गले खनेको भेटिएपछि नेपाल क्रसरलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी घिमिरेले नगरपालिकालाई निदेशन दिएका हुन ।
अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी घिमिरेले सहित जिल्ला समन्वय समितिकी उपप्रमुख चण्डिका उप्रेती, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफले र शसस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डागी, डिभिजन वन कार्यालय बाराका अधिकृत सूचना अधिकृत जवाहरलाल प्रसाद कुर्मीलगायतको सहभागिता रहेको थियो ।