संघीय संसदको नयाँ महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् ।

संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पदम प्रसाद पाण्डे सिफारिस भएका पाण्डेयलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले महासचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको बिज्ञप्तिमा जानईएको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सिफारिसमा राष्ट्रपति पौडेलले पाण्डेयलाई महासचिवमा नियुक्त भएका हुन् ।

महासचिव पदमा नियुक्त हुनुअघि मंगलबार नै उनले प्रतिनिधि सभा सचिवबाट राजीनामा दिएका थिए । उक्त राजीनामा स्वीकृत गरी राष्ट्रपति पौडेलले पाण्डेयलाई महासचिव पदमा नियुक्त गरेका हुन् ।

तत्कालीन महासचिव भरतराज गौतमले मंसिर २४ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए । त्यसपछि महासचिव पदमा पाण्डेयलाई नियुक्त गर्न सिफारिस गरिएको थियो।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय