बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा हुन गईरहेको बृहत संस्कृतिक सोनाम ल्होछार कार्यक्रममा सरिक हुन राष्ट्रियस्तरका कलाकारहरुले प्रस्तुति दिने भएका छन ।

आज शुक्रबार र भोली शनिबार २ दिन चल्ने ल्होछार कार्यक्रममा राष्ट्रिय ख्यतिप्राप्त गायकहरु रोज बहादुर मोक्तान, विशाल काल्तान, गायिका जितु लोप्चन, साम्तेन मोक्तान, रेश्मा बोम्जन र गायक हिरा दोङ ललगायतको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

२८६० औं “डुक ल्हो“ “गडुल वर्ग“ सोनाम ल्होछर २०८० को जिल्ला स्तरीय कार्यक्रमको सबै तयारी पुरा भएको र सो कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने नेपाल तामाङ्ग घेदुङ्ग बारा जिल्ला समन्वय समितिका अध्यक्ष सुर्य घलानले जानकारी दिए ।

कार्यक्रमको पहिलो दिन माघ १९ गते सोनाम ल्होछरको विश्वव्यापी सन्देश मुलक शान्ति यात्रा, पूजापाठसहित ¥याली निकालिने अध्यक्ष घलानले जानकारी दिए ।

रामनगरस्थित खेल मैदानमा हुने सो कार्यक्रममा स्थानीय परिकारको स्टल समेत राखिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय