
काठमाडौँ । नेपाल जन–प्रशासन संघको उपाध्यक्ष पदमा उद्योग सचिव मुकुन्द निरौला निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै संघको अध्यक्ष पदमा पूर्वपरराष्ट्र सचिव एवम् संयुक्त राष्ट्र संघको लागि नेपालका पूर्वस्थायी प्रतिनिधि मधुरमण आचार्य निर्विरोध निर्वाचित भएका छन् ।



प्रशासन, व्यवस्थापन तथा शैक्षिक क्षेत्रका विषयमा वकालत गरी सरकारलाई नीति निर्माणमा सहयोग एवम् सुझाव दिने उद्देश्यले स्थापित उक्त संस्थाको महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः दिलीप पौडेल, गोविन्द तामाङ र रजनी रेग्मी पनि निर्विरोध निर्वाचित भएका छन् ।