काठमाडौँ । लम्पी स्किन रोग विरुद्धको खोप गुणस्तर मापदण्ड अनुसार नै रहेको छ । कान्तिपुर भेट डिस्ट्रिव्युर्टस प्रालिले विभिन्न मुलुकबाट खरिद गरि ल्याएको खोप गुणस्तरीय र मापदण्ड अनुसार नै रहेको जनाइएका छ ।

डिस्ट्रिव्युर्टसले खोपका सम्बन्धमा आएको विभिन्न भ्रामक समाचार प्रति ध्यानाकर्षण भएको जनाउँदै पशुसेवा विभागको आयात निर्यात कार्यविधि २०७३ अनुसार नै पशुपंक्षिमा लाग्ने लम्पी स्किन विरुद्धको खोप गुणस्तर रहेको डिस्ट्रिव्युर्टसका प्रमुख कार्यकारी अधिकृत ऋषि बडालले जानकारी दिनुभयो ।

“हामीले आयात गरेका लम्पी स्किन रोग विरुद्धको खोप बिक्री भई किसान समक्ष जाँदा उक्त खोपहरू प्रयोगमा आय पश्चात् कुनै पनि पशुको मृत्यु नभएको र उक्त खोप प्रभावकारी रहेको ब्यहोरा स्वयं सिद्ध छ”उनले भने “ उत्पादनकर्ता अन्तर्राष्ट्रिय कम्पनीले महामारी रोकथामको उल्लेखित खोप कमजोर गुणस्तरको उत्पादन नगर्ने, नहुने हुँदा विगत ३० वर्षदेखि औषधी तथा खोपको आयात तथा विक्री वितरणको कार्य गर्ने यस कम्पनीले न्यून गुणस्तरको खोप आयात गरि विक्री वितरण गर्ने सवालै रहँदैन ।”

कम्पनीले लम्पि स्किन महामारी फैलिएको अवस्थामा १० लाख मात्रा खोप खरिद गरेकोमा ९ लाख पचास हजार मात्रा पशुहरूलाई लगाएको र ५० हजार मात्रा कम्पनीमा मौज्दात रहेको जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत बडालले जानकारी दिनभयो ।

यसैगरी कम्पनीले यही असोज ८ गते पशु सेवा विभागबाट थप दश लाख मात्रा खोप आयातका लागि अनुमति पाएको छ । नेपालमा लम्पी स्किन रोग विरुद्धको खोप ल्याउने तीन वटा कम्पनी रहेका छन् ।

कम्पनीले ती तीन कम्पनीभन्दा सस्तो दरमा खोप उपलब्ध गराउँदै आएको छ । प्रचलित बजार मूल्य ३०५ मा विक्री वितरण भइरहेको उक्त खोप महामारी आएपनि पशुपालक किसानलाई राहत हुने गरि कम्पनीले प्रति मात्रा १२० मा विक्री वितरण गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय