चाबहिलबाट थोरै पर छ, मित्रपार्क । भरिभराउ रहेको यस ठाँउमा सुबिधा सम्पन्न अस्पताल देखी विश्व प्रसिद्ध पशुपतिनाथ मन्दिर, चाबेल स्तुपा लगाएतका घुम्न योग्य र दृश्यावलोकन गर्ने ठाउँहरू समेत यस क्षेत्रमा पर्दछ ।

बाक्लो बस्ती बसिसकेको यस ठाउँमा रहेको अम्बे अपाटमेन्टबाट अगाडी रहेको पशुपति बाइक एण्ड कार वासिङ्ग सेन्टरबाट दुई घर दायाँ तफ त्यहाँ छ मौलिक भान्सा घर चुलेसी थकाली किचेन ।

थकाली समुदायको परम्परागत खानाको स्वाद दिन चुलेसी थकाली किचेनले काठमाडौंमा सेवा शुरू गरेको छ । चुलेसी थकाली किचेन मित्रपार्क, चावहीलबाट शुरु गरिएको हो ।

जसले मौलिक परिकार बनाउँछ र सहरवासीलाई खुवाउँदै आएको छ । खाना पहिले आँखाले खान्छ, अनि नाक र त्यसपछि मात्र जिब्रोले ।

खानाको पहिलो ग्राहक आँखा हो । रैथाले खाना पाउने मौलिक भान्छामा आकर्षक ढङ्गले पस्किएको खानामा मानिसको आँखा रमाउँछ । हर्रर चल्ने बास्नाले नाक रमाउँछ अनि मात्रै ग्राहले जिब्रोले स्वाद लिन्छन् । किनकि त्यो भान्छाघर बिलकुलै नौलो र मौलिक छ ।

चुलेसी थकाली किचेनमा एकपटकमा ५० जनाले बसेर खाना खान सक्नेछन् । बिहान र साँझाको खानाका साथै दिउँसोको खाजाको समयमा गरी ३ सय ग्राहकलाई सेवा दिन सकिने सञ्चालक प्रमिला सुबेदीले जानकारी दिईन ।

‘काठमाडौंमा हामीले धेरै ठाउँमा थकाली भान्सा लेखेको पाइयो, तर थकाली परिकार पाइएन, नाममात्रैका थकाली भान्सा भइरहेको ठाउँमा वास्तविक थकाली स्वादका लागि हामी राजधानी आएका हौं ।’ सुबेदीले बताईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय