राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीले निजगढ नगरपालिकाका बिघालयका सडकहरुमा जेब्रा क्रसिङ निर्माण थालेको छ ।
बढी भिडभाड हुने र सडकमा जेब्रा क्रसिङ नहुँदा दुर्घटना बढ्न थालेपछि विद्यार्थीलाई सजिलो होस् भनेर बाटो क्रस गर्ने स्थानलाई मध्य नजर गर्दै जेब्रा क्रसिङ निर्माण गरिएको राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीका अध्यक्ष घनश्याम तिमल्सिनाले बताए ।
निजगढका बिघालय मुख्य भित्रि सडकमा समेत पर्ने भएकोले सो सडकमा जेब्रा क्रसिङ अनिबार्य भएकोले नगरका सबै बिद्यालयका सडकमा जेब्रा क्रसिङ निर्माण गर्ने अध्यक्ष तिमल्सिनाले बताए ।
बिद्यालय क्षेत्र तथा अन्य क्षेत्रमा स–साना विद्यार्थी समेत बाटो काट्न पर्ने, बृद्धबृद्धाहरुलाई समेत बाटो काट्न सकस देखिको र दुर्घटना समेत हुने देखिएको हुदा दुर्घटनालाई न्यूनीकरण गर्न जेब्रा क्रसिङ निर्माण गरिएको राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य इराज कोइरालाले जानकारी दिए ।
सार्थीभाई, संघसस्था तथा क्लबले समान्य खर्चमा गर्न सकिने यस्ता कार्य जुन फरक छ र हेर्दा समान्य देखीएतापनि ठुलो अर्थ राख्छ यस्ता कार्य सबैले गदै जानेहो भने परिबर्तन र बिकास दुबै हुन्छ भने सोचका साथ यो कार्य गरिएको हो र युवा संघले आगामी दिनमा समेत यस्ता गतिबिधिलाई निरन्तता दिने राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य कोइरालाले जानकारी दिए ।
राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीले श्री शिवशक्तेश्वर आधारभुत बिद्यालय निजगढ–१३ डम्वरपुर, श्री भगवती आधारभुत बिद्यालय निजगढ–१३ भक्तलाल, पेरिक एकडेमिक निजगढ–१३ भक्तलाल, श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय निजगढ–११ रतनपुर, श्री लोकप्रिय आधारभुत बिद्यालय निजगढ–२ सिंगौल, श्री शिक्षाशक्ति नमुना आधारभुत बिद्यालय निजगढ–१ सिंगौल, श्री जनकल्याण बिद्यालय निजगढ–४ गोलो घर, श्री जन जागृति आधारभुत बिद्यालय निजगढ–५ खोल्माटोल, श्री सार्वजनिक माध्यामिक बिद्यालय निजगढ–५ वाग्देव, श्री बाल बिकाश आधारभुत.बिद्यालय निजगढ–६ धियालटोल, श्री नेत्रोदय माध्यामिक बिद्यालय निजगढ–७ योजनाटोल, अस्थायी प्रहरी पोस्ट सिंगौल निजगढ–२ सिंगौल, श्री शक्तेश्वर शिवशक्ति बिद्यालय निजगढ–७, विध्या सागर बेडिङ्ग स्कुल निजगढ–७, श्री गौरी शंकर माध्यामिक बिद्यालय निजगढ–८ गौरी शंकर टोल, श्री गौरी शंकर माध्यामिक बिद्यालय निजगढ–६ सडकटोल, गौरी शंकर क्याम्पस निजगढ– ९, श्री जनज्योति आधारभुत.बिद्यालय निजगढ–९ लगाएतका स्थानमा जेब्रा क्रसिङ बनाईयको छ ।
राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीका अध्यक्ष घनश्याम तिमल्सिना नेतृत्वमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य इराज कोइराला, तिलक घलान, दिपिक शाह राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिति सदस्य सुदिप तिमिल्सिना, जिल्ला कमिटी सदस्य प्रितम कुमार लामा, निजगढ नगर कमिटीका सचिब प्रसान्त लामा, सदस्य प्रसान्त बस्नेत, बिनोद थापा, राष्ट्रिय युवा संघ नेपाल वार्ड ८ का कोषाध्यक्ष युनिस न्यौपाने, अनेरास्ववियु निजगढ नगरका अध्यक्ष बिबस तिमल्सिना, निजगढ नगर कमिटी सचिवालय सदस्य जय राम कुबर, गोकुल न्यौपानेको उपस्थितिमा जेब्रा क्रसिङ बनाएको हो ।
जेब्रा क्रसिङ निर्माणले निश्चित स्थानबाट यात्रुहरुलाई बाटो काट्न मदद्त गर्दै दुर्घटनालाई नियन्त्रणमा सहज गराउन मदत पुग्ने व्यवसायी तथा आम जनताको बुझाई छ ।