रौतहटका पत्रकार फणी महत ब्रेन ट्युमरबाट पीडित भएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका निवासी पत्रकार महतको एक वर्ष भन्दा बढी समय देखि टाउको ट्यूमरबाट पीडित भएका हुन ।

पत्रकार महत एक वर्ष भन्दा बढी समय देखि काठमाडौस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भई शल्यत्रिया समेत गरिएको पत्रकार महत पुनः सोही समस्या देखिएपछि थप उपचारको लागि उपचारमा संलग्न चिकित्सकले भारतको नयाँ दिल्ली लानु सुझाब दिए संगै हाल उन उपचारका निम्ती भारतको नयाँ दिल्लीमा छन ।

पत्रकार महतको काठमाण्डौमा ब्रेन ट्युमरको उपचारको क्रममा ३५ लाख भन्दा बढी खर्च भएपनि उनी पूर्ण रुपमा स्वस्थ हुन नसके पछि थप उपचारको लागी भारतको नयाँ दिल्लीमा उपचारको तयारीमा छन ।

यति ठूलो रकम खर्चिएर फेरी दिल्लीमा उपचारको लागी उनलाई तत्काल १५ लाख भन्दा बढी रकम आवश्यक परेको हुँदा सहयोग गरिदिनु हुन तथा सहयोग जुटाइदिन हुन परिवारले अनुरोध गरेको हो ।

यता आज एक सहयोगको अपलि गदै नेपाल पत्रकार महासंघले समेत आर्थिक सहयोग जुटाउन र एक श्रमजीवी पत्रकारको जिवन बचाउनका लागि उपचारमा सहयोग गर्न नेपाल पत्रकार महासंघले आप्mना सबै शाखा समिति, एसोसिट संस्था र वैदेशिक शाखालाई हार्हिक अपिल समेत गरेको छ ।

पत्रकार महतको उपचारमा ठूलो धनराशी खर्च हुने भएकाले इच्छुक व्यक्तिले आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ । सहयोग गर्न चाहने इच्छुक व्यक्तिले नेपाल एसबीआई बैंक लिमिटेडको चपुर रौतहट शाखामा रहेको पत्रकार महतकी पत्नि सुनन्दा कार्कीको बैंक खाता नम्बर २३९१५२४३४००२८८ मा रकम जम्मा गरिदिन सक्नेछन् ।

यस्तै नेपाल पत्रकार महासंघको नविल बैक, घण्टाघर शाखामा रहेको १६९०१०१७५००६३३ मा रकम जम्मा गरिदिन सक्नेछन् ।

अन्नपूर्ण पोष्टका रौतहट संवाददातासमेत रहेका महत रौतहटको चन्द्रनिगापुरबाट सञ्चालक रेडियो सुप्रिम र कलमपाटी डटकम अनलाइन पत्रिकाको सञ्चालक पनि हुन् ।

प्रेस चौतारी नेपालको मधेश प्रदेशका अध्यक्षसमेत रहेका महत करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय