काठमाडौँ । मेडिकल कलेज सञ्चालक समेत रहेका सांसद डा सुनील शर्मा रिहा भएका छन् । शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मा शुक्रबार साँझ थुनामुक्त भएका हुन् ।

यसअघि जिल्ला अदालत काठमाडौँले शर्मालाई थुनामा नराख्न आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा नराखिकन शर्माविरुद्ध अनुसन्धान गर्न पनि केन्द्रीय अनुसन्धान ब्युरोको नाममा आदेश दिएको हो । शर्मालाई बिहीबार राजधानीको गोल्फुटारबाट पक्राउ गरेको थियो ।

थुनामुक्त भएका शर्मालाई मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले स्वागत गरेका छन् । शर्मासँगै यो प्रकरणमा पक्राउ परेका अन्य ८ जना भने रिहा भएका छैनन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय