बाराको कोल्हबीकी पाँच वर्षीया बालिकाको उपचारमा समस्या भएको छ । कोल्हबी नगरपालिका–४ की सुजिता पोखरेलको ज्वरोका कारण टाउकोमा समस्या भएकी उनको उपचारमा समस्या भएको हो ।

आर्थिक अवस्था कमजोर भएकोले बिगत ४ दिन देखि वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा भर्ना भए पनि उपचार उनको उपचार हुन सकेको छैन।

ज्वरोका कारण टाउकोमा समस्या देखिएको उनलाई नेशनल मेडिकल कलेज अस्पतालको भेन्टिलेटरमा छट्पटी रहेको देख्न सकिन्छ । सामान्य ज्वरोमा बालिकालाई उपचार नगराएका कारण ज्वरो बिगिएर टाउकोमा समस्या भएकाकी समान्य मजदुरी गरेर घर चलाउँदै आएका कृष्ण पोखरेलकी छोरीको स्वास्थ्य अचानक बिग्रिएपछि उनी अस्पताल भर्ना भएकी हुन् ।

उनलाई अस्पतालमा राखेर उपचार गर्नुपर्ने र थप उपचारको लागि अन्य अस्पतालमा लग्नुपर्ने अस्पतालले सुझाव दिएको छ । आर्थिक अवस्था कम्जोर भएकोले उनलाई अन्य अस्पतालमा उपचार गराउन नसकिएको र नेशनल अस्पतालमै उपचार गराउन बाध्य भएको उनका निम्ती आर्थिक सहयोग अभियानमा लागेका रसिक सुबेदीले बताए ।

सुजिताको जीवन बचाइदिन र उपचार खर्च सहयोग गर्न उनले सबैलाई अनुरोध गरेका छन् ।
उनको उपचारमा मनकारीहरुको आर्थिक सहयोगको अपेक्षा गरेका छौं । सानो सहयोगले एउटी बालिकाले नयाँ जिवन पाउने छिन् । त्यसका लागि ईसोवामा रहेको मोबाईल नं. ९८४५२९९७३४ मा रकम सहयोग गर्न सकिने ब्यवस्था मिलाईएको सुबेदीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय