प्रहरीले १५७ किलो अबैध लागु औषध गाँजा सहित ७ जनालाई पक्राउ गरी सोमबार दिउँसो सार्वजनिक गरेको छ ।

गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले आईतबार बेलुकी जितपुरसिमरा उपमहानरपालिका वडा नं.२२ अमलेखगजं स्थीत जंगलबाट गाँजा सहित मानिस पक्राउ गरेको हो ।

गाँजा ओसार पसारमा प्रयोग भएका ३ वटा सवारी र ४ जना भारतीय सहित ७ जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
बा ११ च ४९९२ नंबरको स्कायिपोबाट मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका १ बस्ने ३९ बर्षका रोशन नेगीले उक्त परिमाणको गाँजा ओसारेको पाईयो । स्कापियोमा ६ पोकामा १५७ केजी अबैध लागु औषध गाँजा सहित उनी पक्राउ परेका छन् ।

यस्तै सो गाँजा लिएर आउनेमा मकवानपुर भिमफेदी गाउँपालिका वडा नं.९ का ३० बर्षिय मुकेश लामा, जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ अमलेखगजंका ३३ बर्षिय बुद्ध पाख्रिन पनि पक्राउ परेका छन् ।

यसैगरी गाँजा लिन आएको बिआर ०५ जि ८६५६ नंबरको भारतीय पिकअप एक र विआर ०५ एजेड ८९६१ नंबरको भारतीय पल्सर मोटरसाईकल एक सहित ४ जना भारतीय नागरिक समेत पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत मोतिहारीका २६ बर्षका अलि अहमद भाट, २३ बर्षका जमालुदिन खान, १८ बर्षका देव कुमार र ३५ बर्षका जागिरदिन मियाँ रहेका छन् ।

पक्राउ परेका उपर आगु औधष सम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद लिई थप अनुसन्धान भैरहेको बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिनु भयो ।

बारा प्रहरीले पछिल्लो समय लागु औषध विरुद्ध सक्रियता बढाएको छ । जिल्लाका विभिन्न स्थानबाट गत आर्थिक बर्षमा मात्रै १ हजार ७ सय केजी गाँजा बरामद गरेको थियो, उपरिक्षक बोगटीले जानकारी दिनु भयो ।

यस अघि ठुल्ठुलो परिमाणमा गाँजा भेटिएपनि मानिस संलग्न भेटिएका थिएनन् । यसपटक ठुलो संख्यामा कारोबारमा संलग्नहरुलै फेला परेका हुन् उहाँले भन्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय