धादिङ । विदेशबाट फर्केको ४ महिनापछि हराएका बेनीघाट रोराङ गाउँपालिका–५ का ४० वर्षीय शिवकुमार कार्कीको खोजीको माग गर्दै स्थानीयबासी आन्दोलित भएका छन् ।

कुबवेतबाट बिदामा आएका कार्की साउन २२ गते श्रमिकको रुपमा विदेश जाने तयारी गरेका थिए । स्थानीय ३५ वर्षीय इन्द्र कँडेलसँग साउन ३१ गते घुम्न हिँडेका थिए ।

बेनीघाटरोराङ गाउँपालिका–५ एक बारमा मधिरा सेवन गरी निस्केका उनिहरुमध्ये कार्की हराएको र हालसम्म पनि नभेटिएकोले हत्या भएको आशंका गरिएको बेपत्ता भएका शिवकुमारका दाजु सोनिज कार्कीले जानकारी दिनुभयो ।

शिवकुमार आफूले प्रयोग गर्ने मोबाइलबाट कुमारी तिवारीको मोबाइल नम्बरमा पटकपटक कल गरेको र अन्तिमपटक सम्पर्क भएको समेत देखिएको आधारमा प्रहरीले बेनीघाट रोराङ गाउँपलिका–५ की ४० वर्षीया कुमारी तिवारी, सँगै घुम्न हिँडेका र अन्तिमसम्म सँगै होटलमा मधिरा पिएको साथी ३५ वर्षीय इन्द्र कँडेललाई प्रहरीले सोधपुछका लागि पक्राउ गरेको छ ।

यस बाहेकघटना भएपछि बेनीघाटबजार बासीले पक्राउ गरिएकाहरुको मिलेमतोमा शिवकुमारको हत्या गरिएको हुनसक्ने भएकोले खोजी गरिदिन माग गरेका छन् ।

आरोपितहरुविरुद्ध किटानी जाहेरी हाल दर्ता नभएपनि मानिस हराएकोले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले बताउनुभयो ।

उनी हराएको सम्बन्धमा खोजविन गरि कर्तव्य गर्नेहरुलाई कारबाहीको माग गर्दै बजारबासीले बिशालटार प्रहरी चौकीमा धर्ना दिएका छन् भने बेनीघाटस्थित वडा नम्बर ५ को कार्यालयमा समेत धर्ना दिएको छन् ।

आरोपित तिवारीलाई पटकपटक प्रहरी कार्यालयबाट जिम्मा लिएर वडाध्यक्षले लगेको र हराएपछि खोजी गर्न नसघाएपछि बजारबासी वडाध्यक्षविरुद्ध आक्रोसित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय