फाइल फोटो

काठमाडौंको चन्द्रागिरिबाट मकवानपुरको चित्लाङ जाँदै गरेको मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्युभएको छ ।

मृत्यु हुनेमा वर्ष २० का सिन्धुली घरभएका चालक नवराज ठोकर र काभ्रेपलाञ्चोक सल्लेभुलुका ४५ वर्षका अनिल तामाङ रहेका छन् ।

बा.१०च ३५४६ नम्बरको भ्यान चन्द्रागिरि नगरपालिका वडा नम्बर ४स्थित सेतोपहरा भन्ने ठाउँमा दुर्घटना भएको हो । भ्यानमा पाँच जना रहेको र बाटो चिप्लो हुँदा तीन जनाले ओर्लिएर भ्यानलाई धकेलेर अगाडी बढाउने क्रममा भ्यान चिप्लिएर सडकबाट करिब ४ सय फिट तल खसेको थियो । उनीहरु भ्यानमा कपडा लिएर ठाउँ ठाउँमा बेच्दै हिड्ने गरेको थानकोट प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी, नेपाली सेना र स्थानीयले उद्दार कार्य गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय