मिटरब्याजीमा संलग्न नै नभएको व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेर दुःख दिएको घटना सार्वजनिक भएको छ ।

बारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्बर १०, गन्जभवानीपुरका एक सर्वसाधारणलाई प्रहरीले पक्राउ गरेपछि सो घटना सार्वजनिक भएको हो ।

पीडितका बुबा मोतीलालप्रसाद गुप्ताले दिएको जानकारीअनुसार छोरी निशाकुमारीसंग महागढीमाई नगरपालिका वडा नम्बर १० गंजभवानीपुर बस्ने रामाधार साह कानुले ६ लाख रुपैयाको कपाली तमसुक गरेर रकम लिएका थिए । ‘अहिले कानुले निशालाई मिटरब्याजी भनेर उजुरी दिएका छन, उनले भने, तर प्रहरीले संलग्न नै नभएको घटनामा छोरा निरजलाई पक्राउ गरेको छ ।’

उजुरीकर्ता कानुले २०७५ श्रावण ३१ गते कपाली तमसुक गरेर रकम लिएका थिए । तर कानुले प्रहरीलाई विभिन्न प्रलोभनमा पारी संलग्न नै नभएको व्यक्तिलाई पक्राउ गरेको गुप्ताले आरोप लगाए ।

अंशका बुबाले पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय बाराले गरेको ज्यादतिको बारेमा जानकारी दिएका हुन ।

कपाली गरी लिएको रकम पटक पटक ताकेता गरि माग्दा पनि नदिएकोले जिल्ला अदालत बारामा आफूहरुले हालेको मुद्दा आफूहरुले जितेको उनले बताए । ‘तर सरकारले पछिल्लो समयमा मिटरब्याजी विरुद्ध अध्यादेश ल्याएपछि केहि प्रहरीको मिलिमतोमा उल्टै संलग्न नै नभएको व्यक्तिलाई पक्राउ गरिएको छ ।’ गुप्ताले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय