काठमाडौं । बिहीबार दिउँसोसम्म नयाँ चलचित्र ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त रहेका अभिनेता सारुक ताम्राकार बिहिबार राती ११ बजे घरमा मृत अबस्थामा भेटिएका छन् । सुटिङबाट बेलुका घर आएका उनी राती ११ बजे काठमाडौंको रातोपुल स्थित आफ्नो घरमा डोरीले पासो लगाएर झुन्डिएको अबस्थामा भेटिएको परिवारले बताएका छन् । उनको मृत्युलाई शंकास्पद रुपमा लिईएको छ ।
उनको शबलाई पोष्टमार्टमका लागि शुक्रबार बिहान त्रिविवी शिक्षण अस्पताल लगिएको परिवारले जनाएका छन् । उनले आत्महत्या गरेको आशँका गरिएको छ । त्यसको ’boutमा प्रहरीले बिहिबार रातीबाटै अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीका अनुसार घटनास्थालको मुचुल्का राती नै उठाएपछि पोष्ट मार्टमको लागि त्रिविवी शिक्षण अस्पताल लगिएको हो । उनको मृत्युको कारण पोष्टमार्टमको रिपोर्ट पछिमात्र थाहा हुने प्रहरीको कथन छ ।
सारुक ताम्राकार नेपाली चलचित्रका अग्रज कलाकार बुबा सानु ताम्राकारका एकल छोरा हुन् । सिनेमामा बुबाको कामबाट प्रभावित भएका सारुकले बाल्यकाल देखि नै नाटकबाट अभिनय सुरु गरेका थिए । त्यसपछि बिदेशमा गएका उनी उतैबाट फिल्म पढेर नेपाल फर्किएपछि चलचित्र रानी मार्फत नायकको रुपमा आधा दशक अघिबाट करिअर सुरु गरेका थिए ।
चलचित्र रानीको सफलतापछि उनले दुई चलचित्र ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा मुख्य भूमिका निर्वाह गरेका थिए । जसमध्य ‘इन्टु मिन्टु लण्डन’मा उनको सफल चलचित्र हो । यतिबेला भने उनी शर्मिला थापाको चलचित्र ‘ह्यासट्याग माया’को छायाँकनमा व्यस्त थिए । केही दिन बर्दियामा यो चलचित्रको छायाँकन गरेर युनिट काठमाडौं फर्किएको थियो । चलचित्रको बाँकी छायाँकन यही हुँदै थियो । चलचित्र ‘ह्यासट्याग माया’मा रारुक र नम्रता श्रेष्ठ मुख्य भूमिकामा थिए ।