काठमाडौँ– बाराका पत्रकार महेश्वर अधिकारी सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि आग्रह गरेको छ ।

काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकामा बसोबास गदै आएका पत्रकार अधिकारी काठमाडौँ महानगरपालिका थापागाउँ, नयाँ बानेश्वरबाट गत शुक्रबार दिउँसो २ बजेदेखि सम्पर्कविहीन भएका हुन् ।

शुक्रबार बिहान घरबाट कार्यलय निस्केका उनी अहिलेसम्म सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि आग्रह गरेको हो ।

उनले प्रयोग गर्ने मोबाइलसमेत अफ रहेको छ । सम्पर्कविहीन भएको सूचना प्रहरीसम्म पुगेको छ । प्रहरी र आफन्तले शुक्रबारबाट नै खोजी गरेको थियो । तर, उनी कतै फेला परेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय