पचरौता नगरपालिका–४ का हिम्मत यादबले किराना पसल चलाउन थालेको डेढ दशक भइसक्यो । जीवनका विभिन्न उतारचढावमा समेत निरन्तर किराना पसल चलाउँदै आएका यादव आइतबारदेखि भने पसल श्रीमतीको जिम्मा लगाएर वैशाख १० गते हुने उपचुनावीमा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलको पक्षमा नारा लगाउँदै थिए ।

‘मैले किराना पसल चलाएको पनि सन्तानका लागि हो,’ दुई सन्तानका पिता यादवले भने, ‘अहिले पुरुषोत्तमको पक्षमा ओर्लेको पनि तिनै सन्तानको उज्ज्वल भविष्यका लागि हो।’ झन्डै ९ वर्ष इराक, कुवेतलगायतका खाडी मुलुकमा पसिना बगाएका यादवले सन्तानले त्यो दुःख भोग्न नपरोस् भन्ने चाहना राखेको सुनाए ।

‘अन्त्यमा आएर पुरुषोत्तमले त्यो सपना पूरा गर्छन् कि भन्ने आशा पलाएको छ,’ यादवले थपे, ‘भर्खरै देखेको यो सपना नटुटोस् भन्ने लागेको छ ।’

उपनिर्वाचन रोचक हुँदै जादा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलको पक्षमा आशा देखाउनेको क्रेज थुप्रै देखियो । ७ वर्षीय बालकदेखि ७० वर्षीय वृद्धसम्मले पुरुषोत्तमको विजयको चाहना बोकेर नारा लगाउँदै गरेको भेटियो ।

‘परिवर्तनका लागि पुरुषोत्तमले जित्नुपर्छ, ‘सुवर्ण गाँउपालिका– १ का ७० वर्षीय बिनेद साहले हातमा एमालेको झण्डा ठडाउँदै भने, ‘उनीबाट देशले केही आशा गरेको छ ।’ विगतमा लामो समय विभिन्न पार्टीलाई भोट हालेका साहले बल्ल भोटले सार्थकता पाउने दिन आएको सुनाए ।’

बिहिबार भेटिएका समर्थक भने पुरुषोत्तमले जितेको जस्तै खुसियालीमा दंग छन् । बिहिबार पचरौतामा भएको आमसभामा पुरुषोत्तम र एमालेका अध्यक्ष ओलीको भासण सुनेर प्रत्येक घोषणामा उनीहरू ताली बजाउँदै नाँचगाँन गर्न थालेका छन् । ‘हो, नतिजा आउन बाँकी भए पनि उनले हाम्रो मन जितिसके,’ महागढीमाई–८ की रमिला बेगमले भनिन्, ‘हामी उनले साच्चीकै चुनाव जितेको हेर्न आतुर छौँ ।’ स्नातक तहमा अध्यनरत बेगमले अन्य दल सहित मदेशका दलप्रति वितृष्णा बढेको समयमा एमालेका पुरुषोत्तम आशाको किरण बनेर उदाएको सुनाइन् ।

उनको जस्तै धारणा राखे करैयामाई गाँउपालिका–२ का मतदाता ६३ वर्षीय सत्य मण्डलले पनि पुरुषोत्तम जनताको प्रतीनिधि भएको बताउँदै उनले जिते जनताको साथ रहने मण्डलले सुनाए । ‘जितेपछि उनी एक्लो हुन्नन्,’ मण्डल थप्छन्, ‘सबैतिरका जनता उनको साथमा हुन्छन् ।’

मण्डलले भनेजस्तै पुरुषोत्तमलाई बिपक्षी पार्टीका मतदाताले पनि उनको विजयको कामना बोकेर आएका छन् । ‘मेरो पार्टी अन्तै भएतापनि पुरुषोत्तमले चुनाव जितोस् भन्ने चाहन्छु ।,’ कोल्हवी नगरपालिका -८ की महिमा साहले भनिन्, ‘पुरुषोत्तमले जितेर यस क्षेत्रमा मात्र होईन बाराका सबै क्षेत्रमा विकास गर्ने सम्पूर्ण बारालीले महसुुस गरेको उनको बुझाइ छ ।

पुरुषोत्तमको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव छन । उनीहरूलाई जनमतका शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्रका रमेश खरेलले चुनौती दिएका छन् ।

६ स्थानिए पालिका रहेको बारा क्षेत्र २ मा कुल मतदाता १ लाख ५ हजार छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय