भारत बिहारको बैरगनिया स्टेशनमा नेपालीलाई भारतीयव्दारा दुव्र्यवहार र हातपात भएको छ । बैरगनिया स्टेशनमा एक भारतीय युवकले एक नेपालीलाई दुव्र्यवहार गर्दै हातपात गरेका हुन ।

रेलको डब्बाको ढोका चाढै नखोलेको भन्दै एक अपरिचित भारतीय युवकले भारत बिहारको बैरगनिया स्टेशनमा बारा जिल्लाका एकजना कावरियामाथि दुव्र्यवहार गर्दै हातपात गरेका छन ।

अपशब्द प्रयोग गर्दै ती व्यक्तिले झ्याल बहिरबाट प्रहार गरेको लाठी लागेर बारा जिल्लाको उत्तरझिटकैयाका भान्साका कावरिया जयप्रकाश मण्डल घाइते भएको कावर टोलीमा सहभागी किसुन पटेलले जानकारी दिए ।

आक्रमणबाट कावरिया मण्डलको बायाँ हातको कान्छी औला काटिएको उनले बताए । लाठी प्रहार गर्ने युवकलाई पक्राउ गर्न बिहार प्रहरी मुकदर्शक बनेपछि उनी फरार बनेको पीडित कावरिया मण्डलले गुनासो गरे ।

भारतको तीर्थ यात्रामा बारा जिल्लाबाट निस्केका नेपाली कारवरियामाथि दुव्र्यवहार गर्ने व्यक्ति व्यक्तिको पहिचान गरेर कानुनी कारबाही गर्न कावरियाहरुले भारतीय सुरक्षा अधिकारीहरुसंग आग्रह गरेका छन । उनीहरुले रेल यात्राको क्रममा यसअघि पनि नेपालीहरुमाथि यसरी नै पटक पटक भारतीयहरुले दुव्र्यवहार गर्ने गरेको दुखेसो पोखेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय