स्कोरपियोको ठक्करबाट तरकारी बेच्न निस्केका जीतपुरसिमरा १६ टांगियाबस्तीका एक पुरुषको मृत्यु भएको छ भने दुई महिला घाईते भएका छन् ।

पथलैया–निजगढ सडकखण्ड अन्तर्गत पसाहा पुल नजिक बिहिवार बिहान भएको दुर्घटना भएको हो । निजगढबाट पथलैयातर्फ आउदै गरेको स्कोरपियोले सोही दिशाबाट आईरहेको मोटरसाईकल र साइकललाई एकै ठाँउमा ठक्कर दिदा टांगियाबस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा २८ वर्षीया सोनिया योञ्जन र रुपा आलेमगर घाईते भएका छन् । घाईतको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भईरहेको छ । घाईतेमध्ये आलेमगरको अवस्था गम्भिर छ । घाईते दुवैलाई थप उपचारका लागि वीरगन्ज अस्पताल पठाउने तयारी भईरहेको छ ।

बिहानको समयमा तिब्र गतिमा आएको ग२च ४४१३ नम्बरको स्कोरपियोले पसाहा पुलदेखी पूर्वतर्फ प्रदेश २–०३ ००२प ४५८७ नम्बरको मोटरसाइकल र दुईवटा साईकललाई पछाडीबाट ठक्कर दिएको थियो । स्कोरपियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मेयर र उपमेयरले गरे घाइतेको उद्धार
उक्त दुर्घटनाका घाईतेलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्धार गरेका थिए ।

सिमराबाट जनकपुरतर्फ जाने क्रममा घटनास्थल पुगेका प्रमुख र उपप्रमुखले आफू सवार गाडीमा घाईतेको उद्धार गरेका हुन् । नगर प्रमुख र उपप्रमुख सवार गाडीले घाईतेलाई सिमरास्थित अल्पाईन अस्पताल ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय