पूर्वपश्चिम लोकमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डमा पर्ने दुधौरा खोलामा चार लेनको पक्की पुल निर्माणमा ढिलाइ भएको भन्दै तत्काल निर्माण गर्न बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले सडक विभागका महानिर्देशक अर्जुन बहादुर थापालाई कार्यलयमा पुगेर आग्रह गरेका छन ।
पक्की पुल निर्माण गर्ने गरी तीन वर्षअघि नै ठेक्का लागे पनि निर्माणा कम्पनीले एउटा पिलरको जग उठाउनेबाहेक अरु काम गरेको छैन् संघीय संसद मैनालीले भने, ‘ पूर्व–पश्चिम लोकमार्गमा रहेको दुधौरा खोलामा समयमै पुल निमार्ण नहुँदा यात्रुहरूलाई सास्ती भोग्न बाध्य भएका छन् ।’ उनले भने ठेकेदारको लापरबाहीले सडकमार्गमा निर्माण सुरु गरिएको पुल अलपत्रै परेका छ भने निर्माण कम्पनी (ठेकेदार)को लापरबाहीका कारण पुलको निर्माण अन्योलमा रहेको हुदाँ यसै आर्थिक वर्ष भित्र उक्त पुल निर्माण सम्पन्न गराउन पहल जोड दिनुस् ।
यता सडक विभागका महानिर्देशक अर्जुन बहादुर थापाका अनुसार चालू आर्थिक वर्ष ०७९÷८० मै पुल निर्माणको समय सम्पन्न हुँदै छ । ठेकेदारहरूले काम पुनः सुरु गर्ने भनेर विभागलाई प्रतिबद्धता व्यक्त त गरेका छन । हामी प्रतिबद्धताअनुसार काम गर्न र समयमै पुल निर्माण सम्पन्न गर्न आग्रह गर्छै ।
विभागले दिएको जानकारी अनुसार दुधौरा खोलाको पुल निर्माणको ठेक्का नेपाल निर्माण व्यवसाय महासघंका अध्यक्ष समेत रहेका रवि सिंहले पाएको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीका स्वकीय सचिव दमोदर मैनलीले बताए ।
नेपाल निर्माण व्यवसाय महासघंका अध्यक्ष सिंह नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आर्जु देउवा निकट रहेको हुदाँ काममा ढिलासुस्ती गरेको भन्ने आरोप समेत लाग्ने गरेको छ ।
पक्की पुल निर्माण गर्ने गरी तीन वर्षअघि नै ठेक्का लागे पनि निर्माणा कम्पनीले एउटा पिलरको जग उठाउनेबाहेक अरु काम गरेको छैन् । सडक विभाग मातहतको पुल महाशाखाले पुल निर्माणको जिम्मा महादेव खिम्ती हिराजन जेभीलाई १५ करोड २३ लाख लागतमा दिएको थियो ।
पुलमा निर्माण नहुदाँ खोलामा गरिएको करिब एक किलोमिटर डाईभर्सनको कच्चीबाटोबाट सवारीसाधन तथा यात्रु यात्रा गर्न बाध्य छन् ।