बारा। पूर्वपश्चिम राजमार्गको धन्सार पुल नजिक साेमबार ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। ट्रकसँग मोटरसाइकल ठोक्किएर निजगढ नगरपालिका-१ सिगौंलका भोलाप्रसाद तिमल्सिनाको मृत्यु भएको हो।

उनले चलाएको ना३४प ८३३१ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको ना६ख २२६१ ट्रकमा ठोक्किदा ३५ वर्षीय तिमल्सिनाको दिउँसो १ः३० बजे घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ।

चन्द्रपुरबाट घरतर्फ फर्किने क्रममा तिमल्सिना सवार मोटरसाइकल धन्सार पुल नजिकै ट्रकमा ठोक्किएको थियो। प्रहरीले ट्रक चालक मोरङ्ग सुनवर्षी नगरपालिका-५ घर भएका ३५ वर्षका सन्जयकुमार मण्डललाई नियन्त्रणमा लिएको छ भने तिमल्सिनाको शव पोष्टमार्गमको लागि जिल्ला अस्पताल कलैया पठाइएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिनएको छ। तिमल्सिना स्थानीय समाजसेवीको रुपमा चिनिन्छन्।

आइतबार राति पनि रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा सोही क्षेत्रमा मोटसाइकलमा सवार दुई जनाको ज्यान गएको थियो। मृत्यु हुनेमा रौतहटको गुजरा नगरपालिका-३ सिम्रीका २६ वर्षीय भुवन पहरी र २७ वर्षीय रितबहादुर राई थिए।

मोटरसाइकलमा सवार साेही गाउँका अर्का २४ वर्षीय सुशील माझी गम्भीर घाइते बनेका छन्। लोकमार्गको भमरा र धन्सार पुलबीचको जंगलमा पर्ने सिम्री जाने सडकभन्दा करिब दुई सय मिटर पर राति करिब ७ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय