
बैंक तथा वित्तीय संस्थाहरुले ब्याज दर बढाएको विरोधमा निजगढ उद्योग वाणिज्य संघले प्रदर्शन गरेका छन् ।
निजगढ उद्योग वाणिज्य संघको आयोजनामा निजगढ नगरपालिका भित्र रहेका सबै बैंकमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याज दर वृद्धि तुरुन्तै फिर्ता गर लेखिएको व्यानर टासिंर विरोध प्रदर्शन गरिएको हो ।



बैंकको व्याजदर एकल अंकमा झार्नुपर्ने उनीहरुको माग छ ।
बैंक तथा वित्तीय संस्थाहरुले लिने प्रिमियम दर १ प्रतिशत भन्दा बढी बनाउन नहुने, बैंकले सुरुमा लगानी गरेको व्याजदर कम्तीमा १ वर्षसम्म ऋणीको सहमतिविना बढाउन नपाइने, चालु पूँजीको नियम तत्कालै लागू गर्दा उद्योगी व्यवसायीहरुलाई कठिन हुने भएकाले कम्तीमा आर्थिक अवस्था सहज भएपछि लागू गर्न माग गरिएको छ ।
उनीहरुले निजी क्षेत्र तरलता अभाव र चर्को व्याजदरका कारण बन्द गर्नुपर्ने स्थितिमा पुगेको गुनासो गरे ।
‘बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले नियन्त्रणमा राख्नु पर्ने आफू खुसी गर्न छोडिदिँदा ८–९ प्रतिशतको व्याजदर बढेर अहिले १५–१६ प्रतिशतसम्म पुगेको छ,’ निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले भने, ‘निजी क्षेत्रको माग तत्काल सम्बोधन नभए चरणबद्ध आन्देलनको विकल्प छैन ।’
विरोध कार्यक्रममा प्रथम उपाध्यक्ष गोरखवहादुर खड्का, महासचिव गोबिन्द न्यौपाने, कोषाध्यक्ष होम प्रसाद न्यौपाने (महेश), सचिब विष्णुप्रसाद रिसाल, सदस्य सरोज कोइराला, सीताकुमारी गौतम (उप्रती), कृष्ण बहादुर सुनार, अजित कोइराला (इराज), दिपा सापकोटा, अरुण कुमार साह, अभिषेक शर्मा (वैकुण्ठ) लगाएतको उपस्थिति रहेको थियो ।