The General Secretary of Federal Socialist Forum Nepal Ram Sahaya Yadav speaks at an interaction programme in Kathmandu, on Monday, October 9, 2017. Courtesy: Reporters Club

बारा क्षेत्र नं. २ को प्रतिनिधिसभा सभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहाय यादव निर्वाचित भएका छन् । यादव तीन सय ५४ मतको मतान्तरले निर्वाचित भएका हुन् ।

यादवले १३ हजार आठ सय २२ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले १३ हजार चार सय ६८ मत प्राप्त गरेका छन् ।

यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा पनि यादव संघीय समाजवादी फोरम (हाल जसपा) बाट निर्वाचित भएका थिए । पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले मतगणनाको अन्तिम समयमा माओवादी केन्द्रका उम्मेदवार कुशवाहाको अग्रता उल्टाउदै जित हात पारेका हुन् ।

यादवले जितेसंगै बाराको चार वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । चार निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकिकृत समाजवादी बिजयी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय